ट्रेण्डिङ

होमपेज / खेलकुद

आईपीएलमा गुजरात टाइटन्सको विजयी सुरुवात

  सल्यान खबर डेस्क २०७९ चैत्र १८ गते शनिबार १७:१९:०६ मा प्रकाशित

शुक्रबारदेखि सुरु भएको इन्डियन प्रिमियर लिग (आईपीएल) को उद्घाटन खेलमा गुजरात टाइटन्सले विजयी सुरुवात गरेको छ। पहिलो खेलमा गुजरातले चेन्नई सुपरकिङ्सलाई ५ विकेटले पराजित गरेको हो।

गत सिजन आईपीएलमा डेब्यु गरेको गुजरातले यसअघि दुवै खेलमा चेन्नईलाई पराजित गरेको थियो। शुक्रबार घरेलु मैदान नरेन्द्र मोदी स्टेडियममा भएको खेलमा चेन्नईले दिएको १७८ रनको लक्ष्य गुजरातले १९.२ ओभरमा ५ विकेट गुमाएर पूरा गर्‍यो।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ७ विकेट गुमाएर १७८ रन बनाएको थियो। 

प्रतिक्रिया

सम्बन्धित खवर

Top