होमपेज / खेलकुद
फागुन १५,सल्यान
सल्यानमा १३ औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । सोमबारदेखि बागचौर नगरपालिका थारमारे स्थित श्री जनकल्याण नमुना माध्यमिक विद्यालयको खेल मैदानमा रनिङ शिल्ड प्रतियोगिता सुरु भएको हो ।
प्रतियोगितामा ३ नगरपालिका र ७ गाउँपालिका गरी १० स्थानीय तहको सहभागिता रहेको छ । उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्ण बहादुर महराले सर्वांगित विकासको आधार स्तभ खेलकुद क्षेत्र भएको बताउनु भयो ।
राष्ट्रको शान गौरवलाई सदैव उच्च राख्ने खेलकुदकोआर्दशलाई सबैले आत्मसाथ गर्नु पर्ने बेला आएको बताउनु भयो । परम्परागत शैलीमा चलेको खेलकुद क्षेत्रलाई राजनीतिक, आर्थिक र सामाजिक रुपमा समृद्ध बनाउन दरिलो इच्छाशक्तिको खाँचो रहेको धारणा व्यक्त गर्नु भयो ।
तीन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा भलिबल, कबड्डी , दौड, हाई जम्प, लङ जम्प लगायतका महिला र पुरुष गरी ४२ इभेन्टमा प्रतियोगिता हुने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष खड्क आचार्यले जानकारी दिनु भयो ।

उक्त कार्यक्रममा प्रतिनिधि सभा सदस्य प्रकाश ज्वाला, कर्णाली प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री भीम प्रकाश शर्मा, प्रदेश सभा सदस्य सुरेश अधिकारी, पूर्व सभा सदस्य उमाकान्त शर्मा, जिल्ला समन्वय प्रमुख, उप प्रमुख, सल्यान सबै पालिका प्रमुख, उप प्रमुख, अध्यक्ष, उपाध्यक्ष, अन्य अतिथि लगायत विभिन्न व्यक्तिको उपस्थिति रहेको थियो ।





.jpg)