ट्रेण्डिङ

होमपेज / खेलकुद

बंगबन्धु म्याराथनमा स्वर्ण विजेता पुष्पालाई सल्यानमा सम्मान

  सल्यान खबर डेस्क २०७९ माघ २२ गते आइतबार २०:२९:२० मा प्रकाशित

बंगलादेशको ढाकामा भएको बंगबन्धु शेष मुजिम ढाका म्याराथनमा स्वर्ण पदक विजेता पुष्पा भण्डारीलाई सल्यानमा सम्मान गरिएको छ । माघको पहिलो साता भएको म्याराथनमा पुष्पाले ४२.१९५ किलोमिटर निर्धारित दुरी २ घन्टा ४८ मिनेट २ सेकेन्डमा पुरा गर्दै स्वर्ण पदक हात पार्नुभएको थियो ।

आइतवार जिल्ला खेलकूद विकास समिती सल्यानले जिल्लाको सदरमुकाम खलंगामा एक कार्यक्रमका विच पुष्पालाई सम्मान गरेको हो । सल्यान सँगै समग्र नेपालको नाम राख्दै खेलक्षेत्रमा एउटा इतिहास कायम गर्नुभएकी पुष्पालाई थप प्रोत्साहनको लागि सम्मान गरिएको जिल्ला खेलकूद विकास समिती सल्यानका अध्यक्ष खड्ग आचार्यले जानकारी दिनुभयो ।

पुृृष्पाले बंगबन्धु शेष मुजिम ढाका म्याराथन २०२१ मा पनि स्वर्ण पदक जित्नुभएको थियो भने २०२२ को सोही म्याराथनमा कास्य पदक जित्नुभएको थियो । जिल्लाको शारदा नगरपालिका १४ मालनेटा स्थित स्याला घर भएकी पुष्पाले यसअघि सन् २०१९ मा नेपालमै भएको १३ औं दक्षिण एसियाली खेलकुदमा पनि २ घण्टा ५० मिनेट ११ सेकेण्डको राष्ट्रिय कीर्तिमानी राख्नुभएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top