ट्रेण्डिङ

होमपेज / खेलकुद

सल्यानमा राष्ट्रसेवक कर्मचारी मैत्री व्याडमिन्टन प्रतियोगिता सम्पन्न

  सल्यान खबर डेस्क २०७९ आश्विन ३ गते सोमबार २०:१३:३५ मा प्रकाशित

सल्यान ३ असोज । 
 सल्यानमा  राष्ट्रसेवक कर्मचारी मैत्री व्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । सल्यानमा संविधान दिवस २०७९ को अवसरमा नेपाल निजामती कर्मचारी संगठन जिल्ला कर्यसमितिको आयोजनमा  राष्ट्रसेवक कर्मचारी मैत्री पुरुष डबल ब्याडमिन्टन प्रतियोगिता श्रीनगरमा सम्पन्न गरिएको हो  । प्रतियोगितामा २८ टिमले सहभागिता जनाएका थिए । 

जसमध्ये रोशन वली र सन्तोष वलीको टिम प्रथम भएको छ । सन्तोष बस्नेत र मनोज सिंहको टिम द्धितिय भएको छ भने चन्दन जि.एम र बरुण शाह तथा हिरा खड्का र पदम चौधरीको टिम तृतिय भएको छ । 

प्रथम हुने टिमलाई १५ हजार, द्धितिय हुने टिमलाई १० हजार र तृतीय हुने टिमलाई ५  हजार नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्य समिति सल्यानका अध्यक्ष ध्रुब बहादुर खत्रीले जानकारी दिनु भयो । 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top