होमपेज / खेलकुद
असार १३,सल्यान
१२ औं जिल्ला स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि जिल्लाको छत्रेश्वरी गाउँपालिकाले उचालेको छ । असार १० देखि १२ गतेसम्म छत्रेश्वरी गाउँपालिका वडा न १ को भानुभक्त माध्यमिक विद्यालयमा भएको प्रतियोगितामा उपाधि ३६ पदक हात पार्दै उपाधि जित्न सफल भएको हो ।
छत्रेश्वरी गाउँपालिकाले १७ स्वर्ण, ११ रजत र ८ कास्य जितेको छ । यस्तै ४ स्वर्ण। ११ रजत र ११ कास्य सहित कुमाख गाउँपालिका दोस्रो भएको छ भने ४ स्वर्ण, ११ रजत र ११ कास्य सहित दार्मा गाउँपालिका तेस्रो भएको छ ।
भलिबल, कवड्डी, कराँते, एथलेटिक्स लगायतका विभिन्न इभेन्टमा प्रतियोगिता भएको जिल्ला खेलकुद विकास समिति सल्यानका अध्यक्ष खड्ग आचार्यले जानकारी दिनु भयो । प्रतियोगितामा सात पालिकाको सहभागिता रहेको थियो ।





.jpg)