ट्रेण्डिङ

होमपेज / खेलकुद

कपुरकोटमा तेश्रो राष्ट्रपति रनिङ सिल्ड सुरु

  सल्यान खबर डेस्क २०७८ बैशाख २ गते बिहीबार १९:२६:२४ मा प्रकाशित

वैशाख २,सल्यान 
विद्यालयस्तरमा रहेका प्रतिभालाई खेलमार्फत छनौट गर्नका लागि भन्दै सल्यानको कपुरकोटमा तेश्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । कपुरकोट ४ स्थित नेरामावि किमुचौरको प्रांगणमा विहिबार गाउँपालिका राष्ट्रिय महासंघ कर्णालीका अध्यक्ष तथा कपुरकोट गापा प्रमुख भिम बहादुर सेनले प्रतियोगिताको उद्घाटन गरे ।

उत्कृष्ट खेलाडीहरुलाई जिल्ला, प्रदेश तथा राष्ट्रिय स्तरमा सहभागी बनाउने उदेश्य सहित स्थानिय तहहरुमा राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता संचालन हुने गरेका छन । प्रतियोगिता उद्घाटन गर्दै अध्यक्ष सेनले खेलकुदले मानिसलाई अनुसाशित र स्वस्थ बनाउने भन्दै खेलक्षेत्रको विकाश भएमात्र राष्ट्रको विकास हुने बताए । 

खेललाईकपुरकोटको पहिचान बनाउने उदेश्य अनुरुप आफुहरु निर्वाचित भएर आइसकेपछी खेलकुद विकास समिती निर्माण गरेर अघि बढेको जनाउदै उनले खेल क्षेत्रको विकासको लागि हातेमालो आवश्यक रहेको बताए । अध्यक्ष सेनले राष्ट्रपति रनिङ सिल्डको लागि आफुहरुले पांचवटा माविलाइ प्रती विद्यालय ५० हजारको दरले व्यवस्थापन खर्च स्वरुप उपलब्ध गराइएको बताए । उनले पालिका भित्रका विद्यालयहरुमा विभिन्न खेल सामगृहरु पनि प्रदान गरिएको बताए । 

प्रतियोगितामा एथ्लेटिक्स, रिले दौड, हाइजम्प, लङजम्प, त्रिपलजम्प, ज्याभलिन थ्रो, सटपुट, भलिबल, कपर्दी लगायतका खेलमा कपुरकोट गाउंपालिका भित्रका कांचवटा माध्यमिक विद्यालयहरुको प्रतिस्पर्धा हुंदैछ । 

कार्यक्रममा गाउंपालिका उपाध्यक्ष तिला बुढा, प्रमुख प्रशासकीय अधिकृत मोहन खड्का, वडा नं ४ का वडा अध्यक्ष हरिलाल पुन, नेकपा एमालेका प्रतिनिधि ओम बहादुर बुढा, नेपाली कांग्रेसका प्रतिनिधि दुर्गा बहादुर गिरि, माओबादी केन्द्रका प्रतिनिधि पवन नेपाली, सामुदायिक वन उपभोक्ता महासंघ कर्णालिका अध्यक्ष घनश्याम शर्मा,शिक्षक महासंघ कर्णालिका उप महासचिव बामदेव अधिकारी, सल्यान जिल्ला अध्यक्ष मधुसूदन गिरि, समाजसेवी भद्र सिंह बुढा, बिष्णु प्रसाद शर्मा, राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय सदस्य तथा सल्यान जिल्ला अध्यक्ष रुपक बुढा, वाइसीएल नेपाल सल्यानका अध्यक्ष प्रकाश भण्डारी, नेपाल राष्ट्रिय शिक्षक संगठन कपुरकोटका अध्यक्ष डिल बहादुर नेपाली, नेरामाबी किमुचौरका प्रअ सिट्टिसाप विष्ट, सिद्ध आवि खालिका प्रअ पदम खड्का, जिवनज्योती मावी रिमका अध्यक्ष दुर्गा पुन लगायतले मन्तव्य राखेका थिए । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top