होमपेज / खेलकुद
चैत १५,सल्यान
तेस्रो राष्ट्रपति रनिङ शिल्डको उपाधि निराजन माध्यमिक विद्यालय ढोरचौर चुम्न सफल भएको छ । सिद्ध कुमाख गाउँपालिकाले आयोजना गरेको तेस्रो राट्रिपति रनिङ शिल्डमा ९ स्वर्ण, ७ रजत सहित लगातार तीन पटक उपाधि उचाल्न सफल भएको छ । ह्रयाट्रिकसँगै निराजन माविले नगद ५० हजार हात पार्न सफल भएको छ ।
यस्तै नेपाल राष्ट्रिय माध्यमिक विद्यालय वडाकाँडा द्धितीय भएको छ । उसले ४ स्वर्ण, ५ रजत र ३ कास्य हात पार्न सफल भएको छ भने सिद्ध माध्यमिक विद्यालय भडारेले २ स्वर्ण, ४ रजत र ५ कास्य सहित तृतीय स्थानमा चित्त बुझाउन सफल भएको छ ।
देउराली मावि कुइयाँझोल, महेन्द्र आदर्श मावि बाझकाडा र शान्ति सुन्दर मावि खार्वन १,१ स्वर्णमा सिमित रहेका छन । गाउँपालिका भित्रका ६ माध्यमिक विद्यालयको
छात्र भलिबल प्रतियोगिता प्रथम सिद्ध मावि भडारे द्धितीय निराजन मावि ढोरचौर र तृतीइ महेन्द्र आदर्श मावि वाझकाडा भएको छ भने छात्रा तर्फ प्रथम नेपाल राष्ट्रिय मावि वडाकाडा, दोस्रो निराजन मावि ढोरचौर र तेसो देउराली मावि कुइयाँझोल भएका छन् । यस्तै छात्र कबड्डी प्रतियोगितामा प्रथम निराजन मा वि ढोरचौर , दोस्रो सिद्ध मा वि भँडारे र तेस्रो शान्ती सुन्दर मावि खार्वान छात्रा तर्फ प्रथम निराजन मा वि ढोरचौर, दोस्रो देउराली मा वि कूयाँझोल, र तेसो शान्ती सुन्दर मावि खार्वन भएका छन् ।
४०० मिटर दौड छात्र तर्फ प्रथम कैलाश बुढाथोकी निराजन मा वि ढोरचौर, दोस्रो झक्कु बस्नेत सिद्ध मा वि भँडारे र तेस्रो राज चलाउने देउराली मावि कुइयाँझोल छात्रा तर्फ प्रथम सृजना विष्ट निराजन मा वि ढोरचौर, दोस्रो सुनिता बोहरा नेपाल राष्ट्रिय मा वि बडाकाँडा र तेस्रो रुपा चलाउने सिद्ध मावि भडारे भएका छन् ।
२०० मिटर र्दौड छात्रमा प्रथम राजन रोका शान्ति सुन्दर मावि खार्वन, दोस्रो देवराज नेपाली नेपाल राष्ट्रिय मावि वडाकाडा र तेस्रो बुद्दिमान चलाउने सिद्ध मावि भडारे भएका छन् । छात्रा तर्फ प्रथम अनु गिरी निराजन मा वि ढोरचौर, दोस्रो सुनिता बोहरा नेपाल राष्टिय मा वि बडाकाँडा र तेस्रो हिरा चलाउने देउराली मावि कुइयाँझोल भएका छन् ।
यस्तै १०० मिटर दौड छात्रमा प्रथम राज चलाउने देउराली मावि कुइयाँझोल, दोस्रो कैलाश बुढाथोकी निराजन मा वि ढोरचौर र तेस्रो स्झक्कु वस्नेत सिद्ध मावि भडारे छात्रा तर्फ प्रथम अनु गिरी निराजन मा वि ढोरचौर, दोस्रो रुपा कुमारी चलाउने सिद्ध मावि भडारे र तेस्रो गंगादेवी बुढाथोकी शान्ति सुन्दर मावि खार्वन भएका छन् ।
ट्रिपलजम्प छात्र तर्फ प्रथम शिव नारायन योगी निराजन मावि ढोरचौर, दोस्रो देवराज नेपाली नेपाल राष्ट्रिय मावि वडाकाडा र तेस्रो रुद्र चलाउने सिद्ध मावि भडारे छात्रा तर्फ प्रथम सुनिता वोहरा नेपाल राष्ट्रिय मावि वडाकाँडा, दोस्रो ,सिर्जना विष्ट निराजन मा वि ढोरचौर र तेस्रो गंगादेवी वुढाथोकी शान्ती सुन्दर मावि खार्वन, हाईजम्प छात्र तर्फ प्रथम कैलाश बुढाथोकी निराजन मा वि ढोरचौर, दोस्रो झक्कु वस्नेत सिद्ध मावि भडारे र तेस्रो भुपेन्द्र बोहरा नेपाल राष्ट्रिय मावि वडाकाडा । छात्रा तर्फ प्रथम भिमकला यरी नेपाल राष्ट्रिय मा वि बडाकाँडा, दोस्रो सिर्जना विष्ट निराजन मावि ढोरचौर र तेस्रो सुनिता चलाउने सिद्ध मावि भडारे भएका छन् ।
यस्तै लङ्गजम्प छात्र तर्फ प्रथम शिव नारायन योगी निराजन मा वि, दोस्रो भुपेन्द्र बोहरा नेपाल राष्ट्रिय मावि वडाकाडा र तेस्रो राजन रोका शान्ती सुन्दर मावि खार्वन, छात्रा तर्फ प्रथम गिता बुढाथोकी महेन्द्र आदर्श माव बाँझकाडा, दोस्रो अनु गिरी निराजन मावि ढोरचौर र तेस्रो भिमकला यरी नेपाल राष्ट्रिय मावि वडाकाडा भएका छन् । सटपmुट छात्र तफर्m प्रथम कमल बि क नेपाल राष्ट्रिय मा वि बडाकाँडा, दोस्रो सुनिल शाह महेन्द्र आदर्श मा वि बाँझकाँडा र तेस्रो किरन चलाउने शान्ती सुन्दर मावि खार्वन भएका छन् भने छात्रा प्रथम रुपा कुमारी चलाउने सिद्ध मावि भडारे, दोस्रो पुष्पा चलाउने निराजन मावि ढोरचौर र तेस्रो उर्मिला वली नेपाल राष्ट्रिय मावि वडाकाडा भएका छन् ।