होमपेज / खेलकुद
चैत ७,सल्यान
शारदा नगरपालिकाको तेस्रो मेयरकप रनिङ शिल्डको उपाधि वडा न एकले हात पारेको छ । विभिन्न इभेन्टमा भएको प्रतियोगितामा सबै भन्दा धेरै अंक ल्याउदै वडा न १ प्रथम भएको हो । यस्तै दोस्रोमा वडा न २ र तृतीयमा १३ न वडा भएको छ ।
प्रतियोगितामा म्युजिकल चेयर प्रतियोगितामा छात्र तर्फ वडा न ७ प्रथम, वडा न ८ द्धितीय र वडा न १३ तृतीय भएको छ भने छात्रा तर्फ प्रथम वडा न ६, द्धितीय वडा न १३ र तृतीय वडा न ९ भएको छ । कक्षा ४ र ५ को एक सय मिटर छात्र दौड तर्फ वडा न २ प्रथम, वडा न १ द्धितीय र वडा न ३ तृतीय भएको छ छात्रा तर्फ वडा न ६ प्रथम, वडा न १३ द्धितीय र वडा न ९ तृतीय भएको छ ।
यस्तै लङजम्पको छात्र तर्फ वडा न २ प्रथम, वडा न ४ द्धितीय र वडा न ७ तृतीय, छात्रा तर्फ वडा न ९ प्रथम, वडा न १ द्धितीय र वडा न १३ तृतीय भएको छ ।
कक्षा ६ देखि ८ सम्मको एक सय मिठर दौडको छात्र तर्फ वडा न २ प्रथम, वडा न ४ द्धितीय र वडा न ७ तृतीय भएका छन् भने छात्रा तर्फ वडा न ६ प्रथम, वडा न१२ द्धितीय र वडा न १३ तृतीय भएको छ ।
लङजम्पको छात्रा तर्फ वडा न १ प्रथम, वडा न ६ द्धितीय र वडा २ तृतीय र छात्रा तर्फ वडा न १२ प्रथम, वडा न १३ द्धितीय र वडा न ९ तृतीय भएको छ।
ज्यावलिङ थ्रोको छात्र तर्फ वडा न ७ प्रथम वडा न १ द्धितीय र वडा न ९ तृतीय भएको छ भने छात्रातर्फ वडा न १३ प्रथम, वडा न ७ द्धितीय र वडा न २ तृतीय भएको छ ।
माध्यमिक स्तरको भलिवल छात्र तर्फको वडा न ६ प्रथम, वडा ७ द्धितीय र वडा न १३ तृतीय भएको छ भने छात्रा तर्फ वडा न १३ प्रथम र वडा न १द्धितीय भएको छ ।
यस्तै माध्यमिक स्तरको कवड्डी छात्र तर्फ वडा न १ प्रथम, वडा न ३ द्धितीय र वडा न २ तृतीय भएको छ भने छात्रा तर्फ वडा न १ प्रथम, वडा न २ प्रथम र वडा न ४ तृतीय भएको छ ।
माध्यमिक तहको एक सय मिटर दौडको छात्र तर्फ वडा न २ प्रथम, वडा न ३ द्धितीय र वडा न १ तृतीय भएको छ । यस्तै छात्रातर्फ वडा न १२ प्रथम, वडा न १ द्धितीय र वडा न १२तृतीय भएको छ ।
दुई सय मिटर दौड छात्र तर्फ वडा न २ प्रथम, वडा न २ द्धितीय र वडा न १२ तृतीय, छात्रा तर्फ वडा न १३ प्रथम, वडा न १२ द्धितीय र वडान ६ तृतीय भएको छ ।
८ सय मिटर तर्फ छात्र वडा न १ प्रथम, वडा न ७ द्धितीय र वडा न ४ तृतीय भएको छ यस्तै छात्रा तर्फ वडा न १२ प्रथम वडा न ६ द्धितीय र वडा न १ तृतीय भएको छ ।
४ वाई १०० रिले दौडको छात्र तर्फ वडा न २ प्रथम, वडा न ३ द्धितीय र वडा न १२ तृतीय भएको छ । यस्तै छात्रा तर्फ वडा न १२ प्रथम, वडा न ६ द्धितीय र वडा न १ तृतीय भएको छ ।
माध्यमिक तहको हाइजम्प छात्र तर्फ वडा न १ प्रथम, वडा न १३ द्धितीय र वडा न २ तृतीय छात्रा तर्फ वडा न ७ प्रथम, वडा न ६ द्धितीय र वडा न १२ तृतीय भएको छ ।
त्रिपलजम्प छात्र तर्फ वडा न २ प्रथम, वडा न २ द्धितीय र वडा न १३ तृतीय भएको छ भने छात्रा तर्फ वडा न ६ प्रथम, वडा न ४ द्धितीय र वडा न १ तृतीय भएको छ ।
माध्यमिक तहको ज्यावलिङ थ्रो छात्र तर्फ वडा न ८ प्रथम, वडा न २ द्धितीय र वडा न ६ तृतीय भएको छ । छात्रा तर्फ वडा न १ प्रथम, वडा न ८ द्धितीय र वडा न १२ तृतीय भएको छ ।
१५ सय मिटर दौड प्रतियोगितामा छात्र तर्फ वडा न १ प्रथम, वडा न ३ द्धितीय र वडा न ८ तृतीय भएको छ भने छात्रा तर्फ वडा न १३ प्रथम, वडा न १ द्धितीय र ४ तृतीय भएको छ ।
तीनदिनसम्म सञ्चालन भएको प्रतियोगितामा नगरपालिकाका १५ वटै वडाको सहभागिता रहेको थियो ।





.jpg)