ट्रेण्डिङ

होमपेज / खेलकुद

‘सल्यान रन फर फन’ प्रतियोगिता

  सल्यान खबर डेस्क २०७७ फाल्गुण २७ गते बिहीबार १६:५५:०६ मा प्रकाशित

फागुन २७,सल्यान 
नेपाली सैनिक दिवस तथा महाशिवरात्रीको अवसरमा सल्यानमा दौड प्रतियोगिता गरिएको छ ।

नेपाली सेना र नागरिकबिचको सम्बन्ध सुमधुर बनाउन दिवसका अवसरमा सबुज गण सिमखर्कको आयोजनामा सल्यान ‘रन फर फन’ प्रतियोगिता गरिएको हो । चार चरणमा सञ्चालन गरिएको प्रतियोगितामा पाँच किलोमिटर दुरीमा दौडाइएको थियो । 
५० वर्ष माथिको खुला महिला दौड प्रतियोगितामा प्रथम कमला मजर्हन, द्धितीय सम्झना केसी र  तृतीय सम्झना श्रेष्ठ, पुरुष तर्फ विर बहादुर भडेल प्रथम, जगत बहादुर राना द्धितीय र धिरेन्द्र भण्डारी तृतीय भएका छन् । 

५० वर्ष मुनीको महिला दौड तर्फ विमला केसी प्रथम, अनु गिरी द्धितीय र यशोदा सेजवाल तृतीय भएका छन् भने पुरुष तर्फ आकाश केसी प्रथम, सोम बहादुर रावत द्धितीय र ठाकुर प्रसाद चलाउने तृतीय भएका छन् । 
१८ वर्षमुनीको महिला दौडमा तिला बस्नेत प्रथम, विमा रोका द्धितिय र ओम कुमारी थापा तृतीय  यस्तै पुरुष तर्फ हेमराज कंवर प्रथम, शिव घर्ती द्धितीय र सुनिल थापा तृतीय भएका छन् । 

सुरक्षाकर्मी तर्फको महिला दौडमा अस्मिता वली प्रथम, बन्दना चन्द द्धितीय र मिना कार्की तृतीय भएकी छन् भने पुरुष तर्फ खिम बहादुर वली प्रथम, तिलक देवकोटा द्धितीय र विपिननाथ योगी तृतीय भएका छन् । 
प्रतियोगितामा प्रथम, द्धितीय र तृतीय हुनेलाई क्रमशः मेडल  १ हजार ५ सय, एक हजार र पाँच सय पुरुस्कार सहित प्रमाण पत्र वितरण गरिएको सबुज गण सिमखर्कले जानकारी दिएको छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top