होमपेज / खेलकुद
पुस २६,सल्यान
नेपाली धावक पुष्पा भण्डारीले बंगलादेशमा सम्पन्न बंगबन्धु शेख मुजाहिद्धिन म्याराथनको उपाधि हात पारेकी छन् ।
सल्यानकी चेली पुष्पाले साउथ एसियन क्याटेगोरी तर्फ पहिला स्थान हािसल गर्न सफल भएकी हुन । उनले फुल म्याराथनको निर्धारित २ घण्टा ५९ मिनेट ४१ सेकेन्डमा पुरा गर्दै स्वर्ण पदक हात पार्न सफल भएकी हुन ।
विभागिय टोली सशस्त्र प्रहरी (एपीएफ) की खेलाडी रहेकी उनले गत वर्ष नेपालमा भएको १३ औं सागमा २ घण्टा ५० मिनेट ११ सेकेन्डको कीर्तिमान बनाएर रजत पदक जितेकी थिइन ।
सल्यान शारदा नगरपालिका १४ माल्नेटाकी पुष्पा तीन वर्ष अघि मात्र विभागिय टोली एपीएफमा गएकी थिइन ।