ट्रेण्डिङ

होमपेज / खेलकुद

जिल्ला क्रिकेट संघ सल्यानको अध्यक्षमा सविन हमाल

  सल्यान खबर डेस्क २०७७ पौष ४ गते शनिबार १७:३८:५५ मा प्रकाशित

सल्यान, पुस ४ गते ।

जिल्ला क्रिकेट संघ सल्यानको प्रथम अधिवेशन सल्यान सदरमुकाम खलंगामा  शनिबार सम्पन्न भएको छ ।

जिल्ला समन्वय समिति सल्यानका  प्रमुख केशवहादुर विष्लेट खेल क्षेत्रका माध्यामवाट देशलाई विश्व सामु चिनाउन सकिने भएकाले यस क्षेत्रमा पनि विस्तारै लगानी वढिरहेको वताए । क्रिकेट संघ सल्यानको प्रथम अधिवेशनको उद्घाटन गर्दे  विष्टले  नेपालको गर्वगर्न लायक क्षेत्र खेल क्षेत्र हो त्यस मध्ये क्रिकेटले पनि नेपालको शिर उचौ वनाएको वताए ।

खेल क्षेत्र राष्ट्रको महत्वपूर्ण लगानीको क्षेत्र भएको  छ ।  संघ , प्रदेश र स्थानीयतहले  यस तर्फ पनि लगानी वढाईरहेको  विष्टको भनाई छ ।
क्रिकेट संघका केन्द्रीय सदस्य  तथा कर्णाली प्रदेशका संयोजक पदम खड्काले  क्रिकेट  खेलक्षेत्रलाई  विकास गर्न लागि सवै क्षेत्रको सहयोग आवश्यक रहेको वताए। उनले भने क्रिकेटको संस्थागत  विकास, सुदृढ वनाएर अव अगाडी वढ्ने छ ।

कार्यक्रमममा क्रिकेट संघ सुर्खेतका अध्यक्ष श्रीधर केसी, नेपाल पत्रकार महासंघ सल्यानका अध्यक्ष प्रतीक इच्छुक शर्मा लगायतले मन्तब्य राख्नु राखेका थिए । 
क्रिकेट संघ सल्यान अधिवेशन आयोजक समितिका  संयोजक सविन हमालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन  सदस्य वुद्धि प्रकाश हमालले गरेका थिए  । 

यसै विच आजै सम्पन्न जिल्ला क्रिकेट संघ सल्यानको प्रथम जिल्ला अधिवशेन सविन हमालको अध्यक्षता ९ सदस्यीय जिल्ला क्रिकेट संघ गठन गरेको  छ । संघका उपाध्यक्ष विकास शर्मा, सचिव असिम साप विष्ट, सह सचिव सन्तोष खत्री र कोषाध्यक्ष विवेक वावु श्रेष्ठ रहेका छन्  । यस्तै सदस्यहरुमा अविषेक हमाल,जीवन भण्डारी ,निराजन श्रेष्ठ र वुलन्द वावु सेजवाल रह्का छन् । अधिवेशनले सचेत शाह  र कल्याण श्रेष्ठलाई सल्लाहकारमा चयन गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top