ट्रेण्डिङ

होमपेज / खेलकुद

बार्सिलोनाका लागि समस्या बन्दै मेसी

  सल्यान खबर डेस्क २०७७ कार्तिक २२ गते शनिबार १६:५७:०७ मा प्रकाशित

बार्सिलोनाका अध्यक्षका उम्मेदवार टोनी फ्रेक्साले भनेका छन्– यदि मेस्सीले बार्सिलोनामा सम्झौता गर्न चाहन्छन् भने उनले पाउँदै आएको पारिश्रमिक कटौती गर्नुपर्छ।’

पछिल्लो समय अर्जेन्टिनी स्ट्राइकरको विषय बार्सिलोनाका लागि पेचिलो बन्दै गएको छ। अघिल्लो च्याम्पियन्स लिगको क्वार्टरफाइनमा जर्मन क्लब बायर्न म्युनिखसँग लज्जास्पद २–८ को पराजय भोगेपछि मेसी क्लबमै रहने या अन्त जाने विषमा निकै अड्कलबाजी भएका थिए। यद्यपि मेसीको ट्रान्सफर रकम र उनको अन्योलताले उनको बार्सिलोना बहिर्गमन टरेको थियो।

मेसीले बार्सिलोना छाडेर इंग्लिस क्लब म्यानचेस्टर सिटी वा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन जान सक्ने बताइएको थियो। तर अड्कलबाजीबीच ट्रान्सफर समय घर्किएपछि मेसी बार्सिलोनामै रहेका थिए। तर मेसीको बहिर्गमनले बार्सिलोनाले कानुनी झमेला बेहोर्नुपर्ने भएपछि उनी चाहेर नचाहेरै बार्सिलोनामै छन्। 

अध्यक्ष पदको दौडमा रहेका फ्रेक्साले मेस्सीलाई नयाँ सर्तप्रति प्रतिबद्ध भएको हेर्न उनी उत्सुक भएको बताएका छन्। तर बार्सिलोनाले मेसीलाई सिजनको अन्त्यमा (जब उसको विद्यमान सम्झौता म्याद सकिन्छ) आफ्नो मौजुदा ज्याला तिर्न नसक्ने बताएको छ। 

‘लियोसँग हामी शान्तसँग कुराकानी गर्नेछौं,’ फ्रेक्साले भने, ‘उनको लागि नयाँ खेल वा हस्ताक्षर गर्नुपर्ने सबै खेलाडीसँग हामी प्रस्ताव राख्छौं कि अवश्य पनि उनले अहिलेसम्म पाएका सर्तहरू भने सम्भव छैन।’

लिगमा आज राति बार्सिलोनाले रियल बेटिससँग खेल्दै छ। लिगका पछिल्ला चार खेलमा बार्सिलोनाले जित निकाल्न सकेको छैन। क्लबले ६ खेल खेलेर जम्मा ८ अंक जोडेको छ। बारम्बार हार र उनको खस्कँदो खेलले पनि बार्सिलोना चर्को दबाबमा छ।

thahakhabar

प्रतिक्रिया

सम्बन्धित खवर

Top