ट्रेण्डिङ

होमपेज / स्वास्थ्य

तीन दिने पोषण सम्बन्धी प्रशिक्षक प्रशिक्षण तालिम सल्यानमा सम्पन्न

  सल्यान खबर डेस्क २०७८ पौष ९ गते शुक्रबार १७:३१:३९ मा प्रकाशित

पुस ९,सल्यान 

तीन दिने पोषण सम्बन्धी प्रशिक्षक प्रशिक्षण तालिम सल्यानको बरलामा सम्पन्न भएको छ । कृषि क्षेत्र विकास कार्यक्रम कार्यक्रम समन्वय इकाई सल्यानको आयोजनामा तीन दिने पोषण सम्बन्धी प्रशिक्षक प्रशिक्षण तालिम बरलामा शुक्रवार सम्पन्न भएको हो । 

 सल्यानका  शारदा, बागचौर नगरपालिका, शिद्दकुमाख,, दार्मा  गाउँपालिका र रुकुम पश्चिमका त्रिवेणी, मुसिकोट, चौरजहारीका बिभिन्न वडाहरूमा कार्यरत २६ जना महिला स्वास्थ्य स्वयंसेविकाहरूका लागि तालिम आयोजना गरिएको हो। कृषि क्षेत्र विकास कार्यक्रमको सहलगानिमा संलग्न कृषक परिवारका महिलाहरूलाई पोषण पाठशाला सञ्चालनमा महिला स्वास्थ्य स्वयंसेविकाहरूले सहजीकरण गर्नेछन्। उक्त तालिममा पोषण विज्ञ सुरेन्द्र गौतम, लैङ्गिक समानता तथा पोषण अधिकृत सन्तोष कुमार दुवे र सु आहाराका निम बहादुर बस्नेतले प्रशिक्षण दिएका थिए ।

पोषण पाठशालामा पोषण सम्बन्धी सचेतना अभिवृद्धि गराइ पोषणमा सुधार गर्ने कार्यक्रमको उद्देश्य रहेको छ। सो तालिममा पोसिलो खाना, पोषण तथा कुपोषण, किशोरी अवस्था, गर्भवती अवस्था, सुत्केरीको पोषण, सुनौलो हजार दिन, न्यूनतम खाद्य विविधता, पोषण प्रवर्द्धन तथा प्रसार प्रचार, पोषण बगैँचा, बहुक्षेत्रिय पोषण योजना व्यक्तिगत सरसफाइ आदि विविध विषय समेटेर तालिम सञ्चालन गरिएको कृषि क्षेत्र विकास कार्यक्रम कार्यक्रम समन्वय इकाई सल्यानले जनाएको छ 

तालिमको अन्त्यमा महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई ब्याग, प्रमाणपत्र र पोषण सम्बन्धी बुकलेट इकाई प्रमुख प्रकाश पौडेलले वितरण गरेका छन् । 

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top