होमपेज / समाज
असार २४,सल्यान
बहुविवाह मुद्दामा फरार प्रतिवादीलाई सल्यान प्रहरीले पक्राउ गरेको छ । अदालतले कैद र जरिवानाको सजाय सुनाएपछि फरार रहका कुमाख गाउँपालिका ६ का ४८ वर्षीय शेर बहादुर वि.कलाई साढे तीन वर्षपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
सल्यान जिल्ला अदालतले २०७९ पुष १६ गतेको फैसलाले बहुविवाह मुद्दामा ११ महिलना २२ दिन कैद र ४० हजार रुपैयाँ जरिवाना सजाय तोकेको थियो । वि.कलाई बुधबार शारदा नगरपालिका २ खलंगा बजारबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक देजराज भट्टराईले जानकारी दिनु भयो । पक्राउ परेको विकलाई फैसला कार्यन्वयनका लागि सल्यान जिल्ला अदालतमा पेश गरिएको उहाँको भनाई छ ।





.jpg)