ट्रेण्डिङ

होमपेज / समाज

कुमाखमा पहिरोले खानेपानीको पाइपमा क्षति

  सल्यान खबर डेस्क २०८३ भाद्र ५ गते शुक्रबार १६:५४:४४ मा प्रकाशित

सल्यानको कुमाख गाउँपालिका– ७, डुंगुलेमा लिफ्ट खानेपानी योजनाको पाइपमा पहिरोले क्षति पुर्‍याएको छ। दुई दिनको निरन्तरको वर्षापछि आएको पहिरोले मुख्य पाइप र इन्टेकमा क्षति हुँदा खानेपानी वितरण प्रभावित भएको छ।

खानेपानीको मुख्य लाइनको जिआई पाइपमा क्षति पुगेपछि डुंगुले, चौरपानी बजारका ४२ घर परिवार खानेपानीबाट प्रत्यक्ष प्रभावित भएका डुंगुले ग्रामीण सौर्य खानेपानी योजनाका अध्यक्ष लालबहादुर बोहराले जानकारी दिए।

पहिरोले पाइपमा क्षति पुर्‍याएपछि तीन दिनदेखि खानेपानी आपूर्ति बन्द भएको उनको भनाइ छ। उनले भने, ‘पहिरोबाट झरेको ढुंगा लागेर मुख्य पाइप नै फुटेको छ। साथै इन्टेकमा समेत क्षति भएको छ। जसले गर्दा ४२ घरधुरी प्रभावित भएका छन्।’ धारामा पानी नआएपछि स्थानीयवासीलाई खानेपानी जोहो गर्न कठिनाइ भएकाले चाँडो पानी सञ्चालन गर्न वडाबाट सिफारिस लिएर गाउँपालिकामा निवेदन दिएको बोहराको भनाइ छ।

लिफ्ट खानेपानी अवरुद्ध हुँदा स्थानीय एक किलोमिटर टाढाको मुहानबाट खानेपानी बोक्न बाध्य भएका छन्। घरघरमा आएको पानी बन्द भएपछि तल्लो चौरपानी पुगेर पानी ल्याउनुपर्ने बाध्यता रहेको कृतिबहादुर बुढाथोकीले बताए। ‘घरमै धारा थियो र निकै सजिलो भएको थियो, पहिरोले मुख्य पाइप नै फुटेपछि अहिले अप्ठ्यारो भइरहेको छ,’ उनले भने।

प्रतिक्रिया

सम्बन्धित खवर

Top