ट्रेण्डिङ

होमपेज / समाज

सल्यानमा रुखले च्यापिएर युवकको मृत्यु

  सल्यान खबर २०८३ भाद्र ७ गते आइतबार १८:०९:२९ मा प्रकाशित

सल्यानमा रुख ढलेर च्यापिँदा एक युवकको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार कपुरकोट गाउँपालिका– २, सिमलकुनाका ३० वर्षीय विकास श्रीषमगरको रुखले च्यापिएर मृत्यु भएको हो।

शारदा नगरपालिका– १, श्रीनगरस्थित मनकामना रोजिन एन्ड केमिकल उद्योग प्रालिमा कार्यरत श्रीषमगर शारदा नगरपालिका– ५ स्थित ढार सामुदायिक वनमा खोटो संकलन गर्ने क्रममा सल्लाको सुकेको रुख अचानक ढलेर च्यापिएका थिए।

रुखले च्यापिएपछि उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक तथा सूचना अधिकारी देवराज भट्टराईले जानकारी दिए।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top