होमपेज / सम्पादकीय
सूचना, प्रविधिको अहिलेको युगमा पत्रकारितामा व्यापक परिवर्तन भई रहेको छ । छापा, रेडियो, टेलिभिजन पत्रकारितादेखि अहिले अनलाइन पत्रकारिताको विकासको गति विब्र छ । आफ्नो हातमाको स्मार्ट फोनले विश्व नियाल्न सक्ने अवस्थामा हामी नागरिक पुगेका छौं ।
यो सूचना विश्वका समस्त लोकबासी समक्ष पु¥याउन ‘सल्यान खबर’ हाजिर भएको छ । हामी सन्तुलित तथा विश्वसनीइ खबर सम्प्रेषण दिने कार्यमा लागि पर्नेछौं । ब्रकिङ खबर दिने हतारोमा अविस्वसनीय खबर दिन काम हामीबाट हुने छैन । सत्य तथ्य खबर दिनका लागि हामी सबै पक्षका बिचम ा पुग्नेछौं ।
प्राप्त सूचनालाई खबर बनाइहाल्नमा हामी हतार गर्नेछैनौं । विश्वसनीय र भरपर्दो सूचनाको अन्वेषणपछि ‘सल्यान खबर’ बनाउँन हामी तयार हुनेछौं । अरु अनलाइन भन्दा माथि उठेर केही फरक पत्रकारिता गर्ने हाम्रो सोच छ ।
सल्यानको खलगाबाट सल्यान खबर मिडिया प्रा.ली. द्धारा सञ्चालित ‘सल्यान खबर’ समाजमा लुकेर रहेका विषयलाई उजागर गर्ने माध्यम हो । नागरिकलाई क्षणभरको सूचना क्षणभरमै प्राप्त गर्ने खबरभोक जसरी लागेको छ त्यसलाई केही मात्रामा सम्बोधन गर्ने प्रयासमा हाम्रो पनि उपस्थिति हो ।
अनलाइनको भीडमा अर्को सख्ंयामात्र थपिन हाम्रो उद्घोष होइन सहीलाई सही र गलतलाई सही दिशातर्फ लैजान खबरदारी गर्ने सकारात्मक सोच सल्यान खबरको यात्राको थालनी गरिएको हो ।
समाज जे देखिन्छ त्यही लेखिन्छ भन्दै हामी हाम्रो पत्रकारितामार्फत समाजलाई सुसभ्य बनाउने कार्यमा लागि पर्नेछौं । देशको कानुन, पत्रकारितालाई आत्मसाथ गर्दै आम नागरिकका चासो, चिन्ता तथा सरोकारका विषयमा उठाउन गर्न लागि पर्नेछौं ।
दिपक शर्मा
सम्पादक
(सल्यान खबर डटकम)