होमपेज / सम्पादकीय
पछिल्लो एक दशकमा सूचना प्रविधिको क्षेत्रमा नेपाली समाज धेरै हदसम्म सु–सूचित र जानकार भइसकेको छ । सञ्चार क्षेत्रमा आम जनताको पहुँच जबर्जस्त स्थापित हुन पुग्नु पनि यसको सकारात्मक पक्ष नै हो । इन्टरनेट प्रविधिको माध्यमद्वारा आफ्ना विचार वा सिर्जनशीलता आदानप्रदान गर्न प्रयोग गरिने माध्यमलाई सामान्यतया सामाजिक सञ्जाल भनिन्छ ।
अहिले सामाजिक सञ्जालको प्रयोगको सन्दर्भमा विभिन्न ढंगले बहसमा विषयहरु आइ पनि रहेका छन् । पछिल्लो समयमा सामाजिक सञ्जालको प्रयोग र यसका सन्दर्भमा विभिन्न टीका टिप्पणी, बहसहरु भइरहेको पाइन्छ । खासगरी यसको प्रयोग र विकासले समाजका राजनैतिक, सामाजिक लगायत विभिन्न आयाम र पक्षहरुमा सकारात्मक तथा नकारात्मक अवधारणा प्राप्त गर्न सकिन्छ । सामाजिक सञ्जालमा जोडिने माध्यमहरु जस्तै ः ट्वीटर, फेसबुक, इन्स्टाग्राम, युट्युब, टिकटकजस्ता सामाजिक सञ्जालको प्रयोग र पछिल्लो समयमा दुरुपयोग पनि अत्यधिक भइरहेको छ ।
यहि घटनाहरुका बिच सामाजिक सञ्जालको प्रयोग गरेर सल्यानका केही सामुदायिक विद्यालयहरुले आर्थिक स्रोतको गतिलो माध्यम बनाएका छन् । जिल्लाको सिद्ध कुमाख गाउँपालिका ३ ढोरचौरमा रहेको निराजन माध्यमिक विद्यालयले आत्मनिर्भर अभियान अन्तर्गत हालसम्म ४४ लाख ५१ हजार बढी रकम संकलन गर्न सफल भएको छ । विभिन्न सामाजिक सञ्जालमा स्वइच्छाले सहयोग गर्न चाहने सहयोगी हातहरुले विद्यालयको आत्मनिर्भर अभियान लक्ष्मी सनराइज बैंक ढोरचौर मा रु ३७६४३८४/११ अक्षेरुपि सरतिस लाख चौसट्ठी हजार तिन सय चौरासी रुपैयाँ एघार पैसा मुक्ति नाथ बिकास बैंक श्रीनगर सल्यान मा ६७१९११/७९ अक्षरुपि छ लाख एकहक्तर हजार नौ सय एघार रुपैयाँ उनासी पैसा सिद्ध कुमाख साना किसान कृषि सहकारी संस्था लिमिटेड ढोरचौर १४९५६ अक्षरुपि चौध हजार नौ सय छपन्न रुपैयाँ गरि कुल रु ४४५१२५१ /९० अक्षरुपि चौवालिस लाख एकाउन्न हजार दुई सय एकाउन्न रुपैयाँ नब्बे पैसा रकम जम्मा गर्न सक्ने प्रधानाध्यापक धर्मराज घर्ती मगरको भनाई छ । यस्तै सिद्ध कुमाख गाउँपालिका २ मा रहेको देउराली माध्यमिक विद्यालयले समेत राम्रो आम्दानीको स्रोत बनाई रहेको छ । यी केही उदाहरण मात्र हुन । पछिल्लो समय जिल्लामा कोही ठूलो प्राणघातक रोग लागेमा, दैनिक जीविकोपार्जनमा समस्या भएका गरिब निमुखाहरुलाई सहयोग संकलन गर्ने गतिलो माध्यम बनेका छन् सामाजिक सञ्जाल ।
सामाजिक सञ्जाल सूचना आदानप्रदान, जानकारी र सिकाइको महत्वपूर्ण माध्यम हो । लकडाउन अवधिमा यसलाई नै प्लेटफर्म बनाएर विभिन्न सञ्जालमा माध्यमहरुको प्रयोगले शिक्षण सिकाइ, छलफल, अन्तरक्रिया, सेमिनार र विश्वविद्यालयका समेतका महत्वपूर्ण कार्यसम्पादन समेत सम्पन्न गरिए जुन यसको असाध्यै सकारात्मक पक्ष रह्यो ।
सँगैसँगै अस्वस्थ तवरले विकास हुँदै गइरहेको अनियन्त्रित सूचना प्रणाली र सामाजिक सञ्जालको अभ्यासले आम नागरिकलाई सत्य र सही सूचनाबाट वञ्चित तुल्याउने र नियोजित ढंगबाट भ्रमपूर्ण अभ्यासको माध्यम बनिरहेको देख्न सकिन्छ ।





.jpg)