होमपेज / सम्पादकीय
अधिकांश नेपालीहरूले मनाउने महान् चाडपर्व (दसैँ, तिहार) सकिएसँगै अहिले सल्यानका गाउँघर सुनसान हुन थालेका छन् । व्यवसायी, रोजगार लगायतका काममा संलग्नहरू आफ्नो कर्मथलो फर्कन थालेका छन् । जसले गाउँघर चाडपर्वमा मात्र रमाइलोमा समिति बन्न पुगेको छ । व्यवसाय रोजगार तथा वैदेशिक रोजगारीमा विदेश गएकाहरू पनि गाउँ फर्किएपछि दसैँ तिहार अवधिभर गाउँघरमा निकै चहलपहल बढेको थियो । तर आफ्नो कर्मथलो फर्किनेको लामो लाइन बसपार्कहरूमा देख्न सकिन्छ । विभिन्न कामको सिलसिलामा गाउँ छोड्ने क्रमले हिजोआज गाउँमा बस्नेको सख्ंयामा निकै न्यून रहने गरेको छ । लामो समयसम्म टाढा भएका आफन्त वा परिवारका सदस्यहरू गाउँ आएपछि चाडपर्व निकै रमाइलो पनि गर्दछ । बुडाबुडीहरू पनि नातिनातिनाहरूसँग हाँस्न, खेल्न, बोल्न पाउँदा दङ्ग पर्दछन् । त्यति वेला गाउँघर स्वर्गझैँ लाग्छ ।
पछिल्लो समय गाउँ छाडेर सहर बस्ने प्रचलन बढ्दो छ । पढाई, जागिर तथा गाउँमा बेरोजगार भइयो भन्ने लगायतका विभिन्न कारणले गाउँ छोड्नेको सख्या बढ्दो छ । गाउँघरमा वृद्ध वृद्धा तथा साना बालबालिका रहेका छन् । उल्लो पल्लो घरमा कोही बिरामी भइहाले तातो पानी दिने र स्वास्थ्य संस्थासम्म पु¥याएर औषधी उपचार गर्ने जनशक्ति छैन । आफूलाई जन्माएको घर, उभिएर हिँड्न सिकाएको आँगन, अनि त्यही आँगनको डिलमा बसेर आफन्तको पर्खाइमा एक वर्ष बित्ने छ फेरी ।
गाउँघरमै बसेर सबैका इच्छा चाहना पुरा त हुँदैनन् तर आफ्नो जन्मभूमिमा केही पनि हुँदैन भनेर आफ्नो जन्मभूमिलाई सराप्नु चाहिँ कति पनि शोभनिए मानिँदैन । भत्केको घरमा बसेर आमाबुवाले आफ्ना सन्तानलाई योग्य बनाउन सक्छन् भने युवाहरू पनि यही कृषि, पशुपालनलाई आफ्नो कर्म बनाएर किन थाक थलोमा बस्न सक्दैनौँ । त्यसका कारण युवाहरूलाई आफ्नै गाउँघरमा स्वरोजगार बन्ने सिप प्रदान गर्न जरुरी छ ।





.jpg)