होमपेज / अपराध
असोज २०,सल्यान
सल्यान प्रहरीले दुई युवकलाई सामुहिक कुटपिट गरेको आरोपमा ६ जनालाई नियन्त्रणमा लिएको छ । शारदा नगरपालिका ११ साउनेका १९ वर्षीय अनिल कंवर र २२ वर्षीय छविलाल कंवरलाई कुटपिट गरेको आरोपमा ६ जनालाई पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा शारदा नगरपालिका ८ का १७ वर्षीय नरेश बोहरा, १४ वर्षीय बालक, १८ वर्षीय युवराज बोहरा, १४ वर्षीय रिबालक, १७ वर्षीय विमल रोका र १६ वर्षीय सुनिल चलाउने रहेका छन् । असोज १७ गते अन्दाजी बिहान २ बजेको समयमा शारदा नगरपालिका ११ स्थित माथिल्लो स्यालामा नाच हेरी फर्कने क्रममा समूहले कुटपिट गरेको थियो ।
कुटपिटबाट अनिल कंवरको टाउँको र दाया गालामा चोट लागेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक रेशम खत्रीले जानकारी दिनु भयो । घाइते कंवरको सल्यान जिल्ला अस्पतालमा सामान्य उपचार पछि आइतबार नेपालगञ्ज रिफर गरिएको उहाँको भनाई छ । छविलाल कंवरको अवस्था भने सामान्य रहेको प्रहरीले जनाएको छ ।





.jpg)