ट्रेण्डिङ

होमपेज / अपराध

सल्यानमा हातहतियार मुद्यामा फरार प्रतिवादी पक्राउ

  सल्यान खबर डेस्क २०८२ आश्विन १२ गते आइतबार १२:००:४० मा प्रकाशित

असोज १३,सल्यान 
जिल्ला प्रहरी कार्यालय सल्यानले हातहतियार खरखजना मुद्यामा फरार प्रतिवादीलाई ती वर्ष पछि पक्राउ गरेको छ । जिल्लाको छत्रेश्वरी गाउँपालिका ३ का अन्दाजी २५ वर्षीय मनिष कुमार पुनलाई आइतबार बिहान पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । 

जिल्ला अदालत सल्यानले २०७९ माघ ११ गते पुनलाई १ वर्ष कैद र २५ हजार जरिवाना तोकेको थियो । फरार प्रतिवादी पुन मगरलाई आफ्नै घरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक रेशम खत्रीले जानकारी दिनु भयो । उनलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको उहाँको भनाई छ । 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top