होमपेज / बिचार / सम्बाद
कुनै पनी पेशाकर्मी ले सेवाप्रदान गर्दा हुन सक्ने जोखिमलाई न्यूनिकरण गर्न तथा सेवामा गुणस्तर कायम राख्न प्रयोग गरीने सुरक्षाका साधनलाई PPE( Personal Protection Equipment) भनिन्छ । काम गर्दा कामसंग सम्बन्धित जोखिम तथा दुर्घटना का कारण लाखौ अंग भंग र हजारौ को मृत्यू भए पछी विश्व स्वास्थ्य संगठन (WHO) ले सन् १९५३ मा पेशागत स्वास्थ्य सुरक्षाको निति अबलम्बन गरेको छ ।

बिश्व भरका श्रमिक तथा पेशाकर्मी को दिनानुदिन पेशागत जोखिमका कारण अंगभंग हुने तथा ज्यान गुमाउने संख्या बढिरहेको छ यसको न्यूनिकरण गर्नको लागी सन्१९६० मा अन्तराष्ट्रिय श्रम संगठन (ILO) को स्थापना भएको छ । नेपालले पनी अन्तराष्ट्रिय श्रम संगठन (ILO) को सदस्यता लिदै श्रम ऐन २०४८ ल्याएर २ जेष्ठ २०५३ देखी कार्यान्वयनमा आयको छ ।
PPE सबै क्षेत्रका श्रमीक तथा सेवा प्रदायक का लागी जरुरी हुन्छ उच्च जोखीम क्षेत्रमा काम गर्नेहरुका लागी PPE अनिवार्य हुन्छ ।
भौतिक सुरक्षाका साधन मास्क , चस्मा ,हेल्मेड , पन्जा , बुट , गाउन , लाईफ ज्याकेट आवश्यक पर्दछन भने रासायनिक रुपमा सेनिटाइजर , अक्सीजन , डिसइन्फेक्टेन्टको आवश्यकता पर्दछ । साथै सामाजिक सुरक्षाको लागी क्षतीपुर्ती , बिमा , प्रोत्साहन र भय रहित वातावरणमा काम गर्ने ब्यबस्था हुनु पर्दछ ।
बिशेष गरी जनता संग प्रत्यक्ष सम्ंपर्कमा रहेर काम गर्नु पर्ने स्वास्थ्य क्षेत्रमा यसको विशेष महत्व हुन्छ । सेवामा गुणस्तर कायम गर्न र सेवा लिनेर दिने दुबैको सुरक्षा को लागी PPE अनिबार्य छ । PPE बिना को स्वास्थ्य सेवा गुणस्तरीय हुन सक्दैन । एउटा स्वास्थ्यकर्मी कुनै रोगबाट संक्रमित छ भने उसले हजारौ सेवाग्राहीलाई रोग सार्दछ । भने एउटा दक्ष जनशक्ती राज्यले गुमाउनु पर्ने हुन सक्दछ । त्यसैले सेवा लिने र दिने नाममा PPE बिनाको सेवा लिन पनी हुदैन र दिन पनी हुदैन यसको लागी जनचेतना बढाउन जरुरी छ ।
लेखक दिपक वली जिल्ला अस्पताल जाजरकोटमा कार्यरत छन् ।





.jpg)