ट्रेण्डिङ

होमपेज / बिचार / सम्बाद

कोरोना भाइरस विरुद्ध एकतावद्ध भएर लडौं

  सल्यान खबर डेस्क २०७६ चैत्र १८ गते मंगलबार १६:२८:४५ मा प्रकाशित

शेर बहादुर डाँगी 

चीनको वुहान प्रान्तबाट विकास भएको कोभिड १९ कोरोना भाइरसले आज मानब लागाएत मानब निर्मित अर्थ व्यस्थालाई तहसनहस गरेर एक प्रकारको भय र आतङ्क मच्चाएको छ । बिज्ञान जगत पुर्न रुपमा निरिह देखिन्छ । भाइरसको प्रभाब मानब नियन्त्रण बाहिर हुँदै गएको छ ।
      इतिहासलाई हेर्दा एउटा चक्र जुन एक सताब्दिमा देखा परेको छ । जस्तै सन १७२० मा फ्रान्समा प्लेग नामक भाइरसले सरदर दुइ लाख मानिसको मृत्यु भयो ।तत्पस्चात सन १८२० माकोलेरा आउट ब्रेकले थाइल्यान्ड र इन्डोनेसियामा दुइ लाख मानिसको मृत्युको मुखमा पुर्‍यायो ।

सन १९२०मा स्पेनिस फ्लुले साडे ६ लाख मानिसको युरोपमा ज्यान गयो । ठिक सय बर्षको अन्तरमा फेरी आज कोरोना नामक भाइरसले हजारौ मानिसको ज्यान लागिसकेको छ । यो बढी प्रभाबित क्षेत्र पनि युरोप देखिन्छ ।
यो चक्रलाई हेर्दा सन १५०३ मा फ्रान्समा जन्मनु भएका माइकल नास्ते दमस नाम गरेका एक महान भबिस्य बक्ताका धाराणालाई लिन सकिन्छ ।

आज भन्दा झन्डै ४०० वर्ष पहिले उहाले गरेका भबिस्यबाणी मिलेको कुरा इतिहासकार बताउने गर्दछन । उहाँको भबिस्यबाणी अनुसार हिट्लरको उदए , पहिलो विश्वयुद्ध , दोश्रो विश्वयुद्ध तेस्रो विश्वयुद्ध लागाएत बिभिन्न घटनाको पहिले बोल्नु भएको थियो रे । उहाको भबिस्य बाणी अनुसार  सन २०२० अत्यन्त प्रतिकुल देखिन्छ । उहाको धारणा अनुसार बर्षको सुरुवात समयमा एक महामारी रोग फैलिने, अर्थ व्यवस्था तहस नहस हुने, आकासबाट एक धुम्र केतु खस्ने, अमेरिका लागाएत केहि राज्यमा भुकुम्प जाने, बिभिन्न देशमा गृह युद्ध हुने र अन्तिममा विश्वयुद्ध हुन सक्ने भयङ्कर डरलाग्दो कुरा हरु भेटिन्छन । सके सम्म उहाको भबिस्यबाणी पुरा नहोस र ंसंसार फेरी सहिस्नुताको पक्षमा आवोस भन्ने आम धारणा छ ।
नेपाल विश्वको शान्तिपूर्ण देश  हो किनकी इतिहास देखी बर्तमान र भबिस्यलाई हेर्दा नेपालाले पहिलो विश्व युद्ध  र दोस्रो विश्वयुद्धमा पनि भाग लगेन र सायद तेश्रो विश्व युद्धमा पनि लिने छैन । बर्तमान भन्नु पर्दा यो आतन्कित भाइरसको तथ्यांक नेपालामा त्यस्तो डर लाग्दो देखिएको छैन्, यसैलाई अन्तिम विश्लेषण नमानौ, सायद एक ग्रामिन मुलुक भएकोले भाइरसको सङ्क्रमन केहि हदसम्मा आफै नियन्त्रण हुने पनि देखिन्छ ।

अहिले आपतकालिन अवस्थामा सम्पूर्ण  नेपालीको एकताबद्द भाबना जुन महामारी बिरुद्द छ यही नै सरकार हो । यो भाबना असफल भए सरकार पनि असफल हुने छ र सफल भए सरकार पनि सफल हुनेछ । त्यसैले फेरी नेपाल विश्वमा एक पटक शान्ति क्षेत्र भएर उठ्न आबस्यक छ त्यसको लागी अहिले जती सकिन्छ भाइरस सङ्क्रमन नियन्त्रन  गरेर स्वस्थ नेपाल निर्माणमा जुटौं यो नै आजको आवश्यकता हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top