होमपेज / बिचार / सम्बाद
युवाहरू हरेक परिवर्तनको सम्बाहक हुन भने समुन्नत रास्ट्र निर्माणका आधार पनि हुन।देशलाई हरेक संकटबाट पार लगाउने माद्यम भनेकै युवा हुन।नेपालको परिवेशमा देशको प्रत्येक राजनैतिकआन्दोलन र सामन्ती सता सँगको लडाईमा निर्णयक मोर्चामा युवा पक्तिनै उभिने गर्छ।चाहे त्यो राणा शासन विरुद्धको लडाइ होस या पञ्चायती शासन विरुद्धको लडाई होस वा ज्ञानेन्द्रको शाही शासनलाई घुँडा टेकाउन युवाहरुले अहम भुमिका खेलेको कुरा सर्वबिदितै छ।युवा भनेको उर्जावान र क्रान्तिकारी रगतले भरिएको पंक्ती हो
।यो पंक्तिलाई राजनैतिक दलले आन्दोलनको दौडान र चुनावको दौडान उपयोग गर्ने र शासन संचालनको दौडान उपेक्षा गर्ने,पाखा लगाउने र किनाराका सांक्षि मात्रै बनाउने गरेको पाईन्छ।त्यसैले गर्दा हाल लाखौं युवा पंक्ति राजनीतिबाट पलाएन भएर रोजगारीको सिलसिलामा खाडिका देशमा भौतारि रहेका छ्न।
हाल विश्व कोभिड १९ को महामारिले आक्रान्त छ। कोरोना भाइरस सँगको लडाइँमा समेत युवा वर्गको भुमिका अहम हुन सकछ।बालबालिका र वृद्धवृद्धालाई कोभिड १९ को उच्च जोखिम हुने हुँदा विकास निर्माणका काम देखि कृषि कार्यमा समेत युवाहरुको योगदानको आवश्यकता छ। कोरोनाले नेपालको युवा वर्गमा केही सकारात्मक परिवर्तन ल्याएको छ।विदेशबाट युवाहरु स्वोदेश फर्किएका छ्न।शहरबाट गाउँ केन्द्रित भएका छ्न् गाउँ समाजमा बाँझा रहेका खेतबारीहरु हरियाली भएका छन् ।
आफनो गाउँठाउँमा फर्किएका युवाहरूलाई त्यही ठाउँमा रोजगारी सृजना गरि उनीहरुको योगदानको उच्च मुल्यांकन गर्दै उनिहरुलाई आफनै ठाउँमा टिकाउने वातावरण सृजना गरिनुपर्छ । कोरोनासंगको क्रान्तिकारी लडाईमा समेत युवाहरूको अग्रनि भुमिकाको अपेक्षा गर्न सकिन्छ ।





.jpg)