होमपेज / बिचार / सम्बाद
“देख्तैनौं तो, नारान नि ! फिरी गइयो क्यारै ? ठिक्कै आउने बेलाती क्या पाप होला केउ यस्तो ? एक्ता दिनरात बिराइन आउने? उई पनि!अब ता अरिन्चई भन्ने मानेई थेए लाई । थुक्क .. तेरो पाइलो पलाँस चाँरै.....अल्छिनिए नि ! एकछिन पनि अरिन्न नसक्ने ? क्या बिधाता लाउ होला केउँ ? उल्लै गइजानु पर्दो तो लाई ? जाउजाउ केराटियौं अरुवा घरपाई छ छैन ? हेर्कन आउ ?” बेलुकी ७ःः३७ बजे टेलिभिजन हेरिरहेकी घरमूलीको मुखबाट ओइरिन्छन् शब्दरुपी कप्ट्याराहरू ।
“ऊ त्यो पारीया गाउँ बाहेक ह्याँनु कतै पनि छैन । सब्बै ठाउँको गइयो छ नि बोई ?“ सानो नातिले आदेश पालना गरी खबर ल्याउछ । “टिम्क्याउमर्नु ! लाई जानु पनि कस्तो जानु हो ? मसुल हो र मैना नसकिदै चराल्नु पार्नुपर्ने गरे ? गाइभैसास्तो भ्या ता तेख्न लाई छान्हाली, नाँखिरोसाँखिरो लाइकिन अ¥याल्ने थियौं । क्यार्ने हो र ? बा कोइले बिगार्च ? अइचेलौ मुलुक धर्मी भ्या भन्नु ?” छिन–छिनमा गइरहने बिजुलीलाई घरमूलीबाट सत्तोसराप हुन्छ ।
“अँ केउ लाई । कस्तोरी हेर्दाउ नि सासु ? अचेल आनन्दी कता गई ? जगदिस, गौरी र भैरबले क्यार्चन् ? आजौ भाग ता लाई सित्ति नाम्रो थेन । नाम्रो भई पनि क्यार्ने हो र ? पापी असत्ती एक पच्क्या भइयो । बनाउनेलाई पनि कोर्नाउ डरै लाग्दो । कत्नाम्रो आइरह्यालाई भुतुक्कै मार्ने क्या काम पर्याउ हुँदो केउ लाई ? त्यो बिगार्नेलाई चिन्यास्तो भया ता लाई ? त्यस्का हातसात गर्धक्क नपा¥या ता क्या ?” बिजुलीप्रति पोखिएका यी आक्रोस प्रतिनिधि मात्र हुन । साँच्चै पीडा र आक्ररोस सुन्ने हो भने ता कति छन कति ?
“पैला ता जनार्दन नेता बिजुली मन्तरी थ्या र कत्नाम्रो रातदिनै आइरहन्त्यो । उइछारी उनकै पालादेखि लुटसेडिङ हट्याउथ्यो क्यारै । अइल ता क्यार्न कुरा गर्ने हो र ? पानीया थोपा खस्नै हुन्न । आँदीया नाउ सिरेटै चल्न हुन्न । उइता हो नि, पानी हालेइनी भुत्तुक्कै बाल । अइचेल त्यो मन्तरी को छन् नाई ? बा कोई पनि छैनन् ? भ्या ता लाई आँज झनै बर्ता गराउदान क्यारै । कि हो र भित्र–भित्रै साक्का देखाउने मान्या छन हे र ? हुन ता नाम्रालाई खपाउने चलन छैन क्यारै । त्यस्तालाई ता म भ्या जानेइथेँ । नि ब्वारीय ?” सदरमुकाम आसपास उपभोक्ताको गुनासो सुनि नसक्नु छ । “उता गाउँघरपाई हो र कस्तो झिलिमिलि देखिन्छ ? चित्तौमर्नु ! त्याँता लाई कइलै जाँन्न गरे । एक ट्याम दिउँसनु पनि आइरन्च गरे । राती ता झन क्यार्न भन्दान र रु एक हिसापले बस्ने ता गाउँमै नाम्रो बाल ? यो बजार ता बलै भन्ने मात्रै हो ।” घरमूलीले सकन्जी गुनासो पोख्छिन् ।
“हो सासु हो, अइल ता मैले भनेइनी माने लाई । यो नइयाँ व्यवस्ताले सप्पै गरेल्च । सिङ दरबारौं अधिकार जम्मै गाउँगाउँनु आइयो भन्त्या । हुन ता यो गाउँ भ्या भन्नु ? नि सासु ? दिनैभरी धान रोप्कन मँन्सौं ज्यान थाक्याउथ्यो । कत्नाम्रो आनन्दी हेर्कन थकाई मार्ने भन्दा ता चट्कापट्कै गइन्च क्यारै । बा त्यल्लाई पनि कोर्नो लाइयो दैवौ ? यस्तो बेला ता उनीहरू पनि बोल्नुपर्ने हो बाल ? बोल्नेस् मान्कन पनि क्यारुन बुकारोले छेकेल्दो । उई पनि तिनीहरूलाई त्यो क्या चाइयो र ? स्वादौं अँध्यारानु असा¥या घाँस जति कच्काया पनि भो ? विदेशपाई ता लाई एक मिलेट पनि कत्ति जान्न गरे बत्ति । तमाइका छोराले फुनबाट सुनाउथ्या । नि सासु ?” जिज्ञासा र समाधान ओकल्छिन् बुहारी ।
“ऊ देख्यौं, झिलिक्क ता गर्यो कि ? अब आया पनि कति हुँदो लाई ? बराठै १ अलेली हेर्रेल्दान तो ।” घरमूली आमाले आशा व्यक्त गर्छिन । “त्यस्तोरी झिलिक्क गर्दै आउदै जाँदै ग¥यो भन्या ता झन दुई तीन दिनसम्म पनि आँन्नए सासु । अब ता आया पनि जड्यौरी सक्किन लाइयो होला । लगन पछ्यिा पोत्याउ क्या काम भो र ? आज इच्छा, वीर, तपस्या र राथोडले क्या क्या ग¥या ?” महत्वपूर्ण कुरो छुटे झै तुथाउछिन् बुहारी । “जड्यौरी सड्यौरी ता जाँसुनी मर्दान । म ता लाई नाती नतिनीया भुटाले छुट्टिछाट्टि भइयाँ लाई । त्यो आइरहने भ्या कति पर्दान ? टिठौमर्नु ...लाग्दै असारदेखि ता सरकारले बोइकल्पिक पराई गर्ने भन्याउथ्यो क्यारै ? त्यो सुन्यादेखि ता झन बिजुली कस्ट्याउ कस्टेई छ । मुल्कले कलकारखाना कति चलाउदान क्या पाप होला रु बा कोई पाप्पी, केराटिया पाछा लाइयो हेर ? नि ब्वारीय ?” अड्कल्दै घरमूलीले बीचार पोख्छिन् ।
“दे तो केउ लाई सासु ? हुन पनि सक्च । केराटीले नइयाँ कुरा सिक्यापची हामी भन्दा जाक्ता होइन्चन भन्ने ठान्कन त्यस्तो पापखेल्न पनि सक्चन् ? क्या भर हुन्च र ? अगारी लम्क्यिा खुट्टालाई जोले पनि तान्नै ता खोज्चन् क्यारै । पानीनु बस्ने गोइसित दुश्मनी भन्दाइनी बिजुल्या घर्नु बस्कन तेइखो मात्र बिरोद पनि कति गर्ने हो लाई ? लाग्न ता अबदेखि कोर्नाले दुनियाउ सुद्धिबुद्धि फर्किन्याचई भन्नेस्तो लाउथ्यो । सब्बैखाले घुस्यापिस्या, भ्रष्टाचारी, काल्याबजारी, समाजिक भेदभावलाई कोर्नाले बढार्यस्तो लाग्थ्यो । अब ता जत्ताततै सदाचारी र सेत्याबजारीहरू मात्रै हजारी पूmल्यास्ता हुँदान भन्न ठानेई थेँ लाई । उस्तै गराचारी भइरह्या ता क्या सार भो र गरे ? हुन ता पैलै आत्तिपात्ति क्यार्ने रु हाम्रो देश्नु कोर्नो भर्कल ता मच्चिन लाउछ क्यारै ।” कोरोनाले अबको मानव जातिलाई दिने सन्देश पस्किन्छिन बुहारी ।
“म ता लाई तेख्न देख्न खान पनि सक्तिन । एक फेरा ता लाई यिनी लराबर्ता मिल्काउनेस्ता झोक चल्छन् । रिस थाम्चु र मात्रै ? हाम्रा कुरा ता कोले सुन्दो र ? तेई पनि बैरो हाँस्या पैरो चल्छ भन्दाइनी केई हुन्चई भन्कन बोल्ने होइन्च । अइचेल ता भलपैरो, जुको पिउसो, सापसपेउला भन्दा कोन्र्या पातकियौं जगजगी हुन लाइयो क्यारै ।” घरमूलीले रिसको पोको खोल्छिन् । हुन पनि गाउँघर चारैतिरको झिलिमिलि उज्यालोले अँध्यारो सदरमुकामलाई गिज्याइरहेको हुन्छ । गाउँघर जतिबेला अन्धकार थिए, त्यतिबेला सदरमुकामको भुँइमा खुट्टा हुन्नथ्यो रे । अहिले गाउँबस्तिको विद्युतले पहिलेको साटो फेरेको ठहर्छ । विशेषगरी रुकुम (पश्चिम) को मुसिकोट क्षेत्रमा बिजुली बत्तिले अनौठो चर्तिकला देखाइरहेको छ । उतिबेला काठको आगोले





.jpg)