होमपेज / अर्थ
सावित्रा बस्नेत ११, वैशाख सल्यान
शारदा नगरपालिकाले कोरोना भाइरस विरुद्ध सञ्चान गरेको कोरोना राहत कोषमा सहयोगी दाताहरु जुट्दै जान थालेका छन् ।
विभिन्न सहयोगी हातहरुले नगरपालिकालाई जिन्सी तथा नगद सहयोग गर्दै आइरहेका छन् ।
सहयोगी हातहरु जुट्ने क्रममा आइतबार शारदा नगरपालिका १ निवासी अमर बहादुर बुढाथोकीले राहत कोषमा सहयोग गरेका छन् । उनले १० बोरा चामल, १० किलो दाल, १० लिटर तेल,र १० किलो नुन उपलब्ध गराएका हुन ।
विश्व नै कोरोना भाइरसका कारण त्रसित भइरहेको अवस्थामा सरकारले घोषणा गरेको लकडाउनका कारण दैनिक जीविकोपार्जन गर्नबाट प्रभावितहरुका लागि राहत प्रयोगमा ल्याइने मेयर सुरेश अधिकारीले बताए ।





.jpg)