होमपेज / अर्थ
सावित्रा बस्नेत वैशाख ४, सल्यान
कोभिड १९ का कारण देशले ब्यहोरी रहेको बन्दाबन्दी र त्यसब्ँट उत्पन्न हुने सङ्गकटलार्इ समाधान गर्न शारदा नगरपालिकाले गरेको आव्हान बमोजिम नगरको राहत कोषमा सहयोग गर्ने सहयोगी हातहरु बढी रहेका छन् ।
बिहिवार घोराही सिमेन्ट इन्डस्ट्रिज प्रा लि दाङ्गले नगरपालिकाको राहतकोषमा २५ क्विन्टल चामल,८ क्विन्टल दाल,३ क्विन्टल नुन र १ सय लिटर खानेतेल सहयोग गरेको छ।
इन्डस्ट्रिजका प्रतिनिधिहरु बिकाश शर्मा,प्रल्हाद अधिकारी र सुमन खत्री ले आज नगरपालिकामा उक्त सामग्री नगर प्रमुख सुरेश अधिकारी लाई हस्तान्तरण गरेका छन्
यस्तै जर्मन स्थित एन आर एन का उपाध्यक्ष,सल्यानको सितलपाटी स्थाइ घर भएका सङ्कर डाङ्गी ले कोरोना बिरुद्ध लडन स्वास्थ्यकर्मी हरुका लागि १० थान पिपिइ सेट उपलव्ध गराएका छन् ।उनलेले आफ्ना पिताजी एवम सल्यान काङ्ग्रेसका नेता प्रेम बहादुर डाङ्गी मार्फत स्वास्थ्य सामग्री नगर प्रमुख लाई हस्तान्तरण गरेका हुन ।
नेपाल रेडक्रस सल्यानले नगरले लुहापिङ्गमा स्थापना गरेको क्वारेन्टाइनका लागि भन्दै ४० थान कम्बल,३ थान तृपाल,६ वटा बाल्टी र१० थान सावुन उपलव्ध गराएको छ।रेडक्रस सल्यानका अध्यक्ष योवन प्रकाश श्रेस्ठले सो सामग्री नगरप्रमुख अधिकारी लाई उहाकै कार्यकक्षमा हस्तान्तरण गरेका हुन ।
यस्तै शानपा १ स्थित दोमाटी निवासी सुरेश श्रेष्ठले १५ बोरा चामल,१५ पोका तेल र १५ पोका नुन उपलव्ध गराएका छन्
राहत सामग्री ग्रहन गर्दै नगरप्रमुख अधिकारीले सवै दाताहरुलार्इ ठूलो मन बनाएर बिपन्न हरुका लागि सहयोग गरेकोमा धन्यवाद दिएका छन् ।उनले सङ्कट बिरुद्ध लड्न सवै पक्ष एकजुट हुनुपर्ने र सक्ने बर्गले नसक्ने बर्ग लाई सहयोग गर्नु मानविय कर्तव्य भएको भन्दै सहयोग गर्न सवैसङ्ग अनुरोध गरेका छन् ।





.jpg)