होमपेज / अर्थ
दिपक शर्मा चैत ३०, सल्यान
कोरोना भाइरसबाट उत्पन्न विपद् सामना गर्न जिल्लाका दश वटै पालिकामा विप्द कोष स्थापना गरिएको छ । तीन नगर तथा सात गाउँपालिकाले छुट्टाछुट्टै कोष बनाएर रकम जम्मा गर्न थालेका हुन् ।
बागचौर नगरपालिकाले तीन करोड, शारदा नगरपालिकाले १५ लाख बनगाड कुपिण्डे नगरपालिकाले १० लाखको कोष स्थापना गरेका छन् ।
यस्तै छत्रेश्वरी गाउँपालिका ८ लाख, त्रिवेणी गाउँपालिका ४ लाख, कालिमाटी गाउँपालिका १२ लाखको कोष स्थापना गरेका छन् । यस्तै सिद्ध कुमाख गाउँपालिका ८ लाख, दार्मा गाउँपालिका ८६ लाख र कुमाख गाउँपाकिला १ करोड २२ लाख र कपुरकोट गाउँपालिकाले १० लाखको कोष स्थापना गरी सकेका छन् ।
विपद् कोषको रकम कोरोना रोकथाम, राहतमा खर्च भइरहेको सिद्ध कुमाख गाउँपालिका प्रमुख प्रसाशकिय अधिकृत चिन्तामणी रेग्मीले बताए । गाउँपालिकाले विनियोजन गरेको रकमले कोभिड १९ का विरुद्ध सचेतनामुलक कार्यक्रम र राहत वितरणमा खर्च गरी रहेका छौं उनले भने । कर्णाली प्रदेश सरकारले प्रदान गर्न थालेको १५ लाख रुपैया आएमा बजेट प्रयाप्त हुने उनको भनाई छ ।
दार्मा गाउँपालिकाका जनप्रतिनिधिले एक महिना र कर्मचारीले पाँच दिनको सेवा सुविधा जम्मा गरेका छने । जनप्रतिनिधि र कर्मचारीको तर्फबाट ६ लाख बढी रुपैया जम्मा भएको दार्मा गाउँपालिका अध्यक्ष निम बहादुर केसी अरुणले बताए । गाउँपालिकाले समग्रमा ८६ लाखको कोरोना विपद् कोषमा जम्मा गरिएको उनको भनाई छ ।
आवश्यक परे अरु बजेट पनि व्यवस्था गरिने गरी हाललाई १० को राहत कोष जम्मा गएिको बनगाड कुपिण्डे नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत मोहन खड्काले बताए । कोरोना भाइरस दोसो चरणमा प्रवेश गरेको छ । अन्य ठाउँबाट पनि सहयोग आउनेक्रम चली रहेको छ । उनले भने कार्यविधिमा नै स्पष्ट रुपमा चालु बजेटबाट खर्च गर्नु भनेकाले समस्या नहोला ।
जिल्ला प्रशासनका कार्यालयमा ५० लाखको राहत कोष रहेको छ ।





.jpg)