ट्रेण्डिङ

होमपेज / अर्थ

कुपिण्डेदह बचत तथा ऋण सहकारी सस्था लि.को २४ औ साधारण सभा सम्पन्न

  पदम थापा २०७९ पौष २२ गते शुक्रबार २१:१७:३६ मा प्रकाशित

पदम थापा पौष २२,सल्यान
  कुपिण्डेदह बचत तथा ऋण सहकारी सस्था लि. को २४ औ  साधारण सभा सम्पन्न  सम्पन्न भएको छ ।  बनगाड कुपिण्डे नगरपालिका ९ जयतपानी सल्यानमा रहेको सहकारीको शुक्रबार आर्थिक प्रतिवदेन पास गर्दै सम्पन्न भएको हो । 
सहकारीको उद्घाटन गर्दै बनगाड कुपिण्डे नगरपालिकाका मेयर कर्ण बहादुर बुढाथोकीले  सहकारीको महत्व सहकारीको आबश्यकता सम्बन्धी जानकारी दिनु भयो  । 

आर्जन को–ओपरेटिभले गरेको सफलतालाई धन्यवाद दिंदै आगामी दिनमा सञ्चालक, शेयर सदस्य र कर्मचारी तीनै पाटालाई समेटेर अझ उत्कृष्ठ सफलता हासिल गर्न शुभकामना व्यक्त गर्नु भयो ।  सहकारीका राष्ट्रिय तथा अन्तराष्ट्रिय  मुल्यमान्यता अनुरुप सहकारीले सदस्यहरुका लागि सामाजिक , आर्थिक , सांस्कृतीक र पर्यावरणीय विकासलाई प्राथमिकतामा राखेर काम गर्नुपर्ने बताउनुभयो ।

२०५४ साल देखि सुरु भएको यस कुपिण्डेदह बचत तथा ऋण सहकारी सस्था लि विभिन्न बाधा अबरोधहरुसँग सामान गर्दै २४ औ बसन्त पार गरि २५ औ  बसन्तमा प्रवेश गर्दै यस सहकारीका अध्यक्ष श्री दिपक कुमार यरि  को सभाध्यक्ष साथै बनगाड कुपिण्डे नगरपालिकाका मेयर  का श्री कर्ण बहादुर बुढाथोकी को  प्रमुख अथित्यतामा र सम्पुर्ण सेयर सदस्यहरु सहभागीतमा  २४औ बार्षिक  साधारण सभा सम्पन्न भएको छ  । 
जसमा जम्मा सदस्य संख्या १३४२ जना जम्मा सेयर रकम  २७,३७,१००  कुल निक्षेप ४,५४,९०,६४०  र कुल लगानीमा ४,९३,३०,७२१ र शुद्द नाफा ९,५५,३९० रहेको  सहकारीका प्रबन्धक धुर्व नेपालिले बताउनु भयो १

प्रतिक्रिया

सम्बन्धित खवर

Top