ट्रेण्डिङ

होमपेज / अर्थ

सल्यानमा टिमुर उत्पादन घट्यो

  पदम थापा २०७९ मंसिर २१ गते बुधबार १६:०१:३९ मा प्रकाशित

मङ्सिर २१,सल्यान 

सल्यानमा यस वर्ष मसलेदर फल टिमुरको उत्पादन घटेको छ । उत्पादन घटे पनि टिमुरले बजार र मूल्य भने राम्रो पाएको छ । टिमुरको बोटमा फुल फुल्ने र दाना लाग्ने समयमा पानी नपर्दा उत्पादनमा कमी आएको हो । 

बनगाड कुपिण्डे नगरपालिका ९ सेरा गाउँबाट मात्र  गर्त वर्ष ५० लाख बराबरको टिमुर निकासी भएपनि यस वर्ष १० लाख पुग्न गाह्रो हुने स्थानीय सेतु बुढाले बताउनु भयो । नगदे आम्दानीको मुख्य स्रोत नै बन्द भएपछि दैनिक गुजारा चलाउन समस्या हुने उहाँको भनाई छ । उहाँले भन्नु भयो टिमुर बिक्री गरेर वर्ष दिनलाई पुग्ने घर खर्च र छोराछोरी पढाउने काम हुन्थ्यो । तर यस वर्ष टिमुर नै नफलेपछि गाह्रो हुने भयो । 

गत वर्ष २० क्विन्टल टिमुर बिक्री गरेको बताउँदै उहाँले यस वर्ष २० किलो पुग्न पनि गाह्रो भएको उहाँको भनाई छ । 

बारीमा टिमुर नै नफलेपछि यस वर्ष टिमुर टिप्न नै नगएको अर्का किसान पूर्ण बहादुर बुढाले बताउनु भयो । गत वर्ष १० क्विन्टल बिक्री गर्नु भएका बुढाले यस वर्ष निकै कम टिमुर फलेकाले टिमुर टिप्न बारीमै नगएको बताउनु भयो । वार्षिक टिमुरबाट नै ५ देखि ६ लाखसम्म आम्दानी हुँदै आइरहेपनि यस वर्ष भने एक हजार जुटाउन पनि धौ धौ भएको बताउनु भयो । 

मसला र आयुर्वेदिक औषधीको रुपमा प्रयोग हुने टिमुर सल्यानको एक महत्वपूर्ण नगदे बालीको रुपमा रहेको छ । 

जिल्लाका सबै पालिकाका टिमुर उत्पादन हुँदै आइरहेको छ  । टिमुर खेतीबाट मात्र वार्षिक १५ देखि १६ करोड रुपैयाँसम्म सल्यानका किसानहरूले आम्दानी गर्दै आइरहेका छन् ।  डिभिजन वन कार्यालय सल्यानका अनुसार गत आर्थिक वर्षमा मात्र १७ करोड रुपैयाँभन्दा बढीको टिमुर जिल्लाबाट निकासी भएको  छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top