ट्रेण्डिङ

होमपेज / अर्थ

जिल्ला प्रशासन कार्यालय सल्यानमा १ करोड बढी राजस्व सङ्कलन

१० हजार भन्दा बढी नागरिकता वितरण 

  हिमाल शर्मा २०७९ श्रावण ६ गते शुक्रबार १५:०५:३३ मा प्रकाशित

हिमाल शर्मा साउन ६ सल्यान । 

जिल्ला प्रशासन कार्यालय सल्यानले आर्थिक वर्ष २०७८।०७९ मा १ करोड १७ लाख ६० हजार २ सय ७० रुपैयाँ राजस्व सङ्कलन गरेको छ । विभिन्न शीर्षकमा  १ करोड १७लाख ६० हजार २ सय ७० रुपैयाँ राजस्व सङ्कलन गरेको प्रशासनले जानकारी दिएको छ । 

राहदानीबाट १ करोड १४ लाख १ हजार, प्रशासनिक दण्ड जरिवाना मार्फत २ लाख ४८ हजार, हातहतियार नवीकरणबाट ६० हजार ४ सय ५० र अन्य सेवा शुल्कमार्फत २० हजार २ सय २० र आन्तरिक बढुवा परीक्षा शुल्क ६ हजार ४ सय  गरी  जम्मा १ करोड १७ लाख ६० हजार २ सय ७० रुपैयाँ राजस्व सङ्कलन गरेको सहायक प्रमुख जिल्ला अधिकारी थमन खड्काले जानकारी दिनु भयो । 

प्रशासनबाट २०७८।०७९मा ७ हजार ३ सय ६३ जनाले नयाँ नागरिकता र ३ हजार ४ सय २० जनाले नागरिकताको प्रतिलिपि लिएको खड्काले भनाई छ । यस्तै राहदानी २०७८ साल फाल्गुन मसान्त सम्म १ हजार ९ सय ६५ जनाले सिफारिस लिएको र १ हजार १ सय ७ जनाले जिल्लाबाट राहदानी लिएको उहाँले बत्ताउनुभयो ।सल्यानबाट ९ हजार १ सय ६८ जनाको विवरण सङ्कलन गरेकोमा २ सय २७ जनालाई राष्ट्रिय परिचयपत्र वितरण गरिएको खड्काको भनाई छ । 

गत आ..व.  २०७७।०७८ मा ५ हजार २ सय ७८ नयाँ नागरिकता र १ हजार २ सय ५१ जनालाई प्रतिलिपि वितरण गरिएको थियो । गत आ.व मा भने  ५० लाख ७ हजार ९ सय ७७ मात्र राजस्व सङ्कलन भएको थियो । कार्यालयले राहदानीबाट ४२ लाख २५ हजार ५ सय , हातहतियार नवीकरण वाट १० हजार रुपैयाँ राजस्व सङ्कलन गरेको थियो । कार्यालयले जिल्लाबाट ५ सय ६६ राहदानी वितरण गरेको थियो भने सिफारिस लिने १ हजार ५७ जना र जिल्ला वाट ७ सय ९० जनाले राहदानी लिएका थिए । 

      २०७८।०७९मा १४ जनाले हातहतियार नवीकरण गरेका छन् । जिल्ला प्रशासनमा २०७८।०७९मा ३० मुद्दा दर्ता भएकोमा २३ वटा मुद्दा फैसला भएका छन् भने ७ मुद्दा फैसला हुन बाँकी रहेका खड्काले बत्ताउनुभयो । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top