ट्रेण्डिङ

होमपेज / अर्थ

व्यावसायिक भैँसी पालनबाट मासिक एक लाख आम्दानी

  दिपक शर्मा २०७८ आश्विन ११ गते सोमबार १८:०२:५७ मा प्रकाशित

दीपक शर्मा असोज ११,सल्यान 

जिल्लाको बनगाड कुपिण्डे नगरपालिका –१ देवस्थलका प्रमेष केसीले व्यावसायिक भैसीपालनबाट मनग्य आम्दानी आम्दानी गर्दै आइरहेका छन् ।वैदेशिक रोजगारीमा जाने प्रवृत्तिका बाबजुद केसीले भैसीपालनबाट मासिक एक लाख बढी आम्दानी गर्दै आइरहेका छन् ।  इच्छाशक्ति र परिश्रमले मानवीय जीवनलाई सफल बनाउँछ भन्ने उदाहरणीय बनेका छन् । 

छोरोले देश विदेश चहारेर पैसा कमाउनु पर्छ भन्ने सामाजिक मान्यतालाई चिर्दै केसीले अर्ग्यानिक कृषि तथा पशुपक्षी भैँसी फर्म दर्ता गरेर मासिक १ लाख २६ हजार आम्दानी गर्दै आइरहेका छन् । भैँसी पालनबाट राम्रो आम्दानी देखेर भैँसी फर्म सञ्चालन गरेको उनको भनाई छ । सुरुमा थोरैबाट सञ्चालन गरेको फर्ममा अहिले १५ वटा भैँसी छन् । जसमा ८ वटा भैँसी दुहुना छन् । 

आठ वटा दुहुना भैँसीबाट दैनिक ७० लिटर दूध बजार पठाउने गरेको उनको भनाई छ । ६० रुपैयाँ प्रतिलिटरका हिसाबले दूध बिक्री भइरहेको उनले बताए । भैँसी फर्म सञ्चालन गर्दै आइरहेका केसीले दुई जनालाई उनले रोजगारी दिएका छन् । 

आफूसँगै अन्य किसानले उत्पादन गरेको दूध स्थानीय बजारमा खपतको समस्या हुन थालेपछि आफैले डेरी सञ्चालन गरी नेपालगन्ज पठाउने योजना बनाएको केसीले बताए । उनले भने मेरो मात्रै दैनिक ७० लिटर भन्दा बढी दूध उत्पादन हुन्छ । अन्य किसानहरूले पनि दूध उत्पादन गरी रहेका छन् । सबैले उत्पादन गरेको दूध सल्ली बजारमा खपत गर्न समस्या भएपछि आफैले डेरी सञ्चालन गरी नेपालगन्ज पठाउने तयारी गरी रहेको छु । 

भैँसी पालन गर्दै आइरहेका केसीले घाँस खेतीका लागि ढाई बिगाहा जमिन लिजमा लगेका केसीले बताए । वार्षिक १ लाख २२ हजारका दरले जमिन भाडामा लिएको उनको भनाई छ । जमिन भाडा, दुई जनाको पारिश्रमिक , अन्य खर्च कटाएर पनि मासिक ६० हजार बराबर शुद्ध आम्दानी भइरहेको उनले बताए । 

कुखुराबाट पनि वार्षिक ८ लाख आम्दानी 

व्यावसायिक भैँसीसँगै उनले व्यावसायिक कुखुरा पालन पनि गर्दै आइरहेका छन् । ब्रोइलर जातका कुखुरा पालनबाट उनले वार्षिक ८ लाख आम्दानी गर्दै आएका हुन । 

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top