ट्रेण्डिङ

होमपेज / अर्थ

सल्यानबाट ६४ करोड बढीको खसीबोका निकासी

  दिपक शर्मा २०७८ श्रावण २९ गते शुक्रबार १५:०३:१० मा प्रकाशित

दीपक शर्मा साउन २९,सल्यान 
सल्यानबाट गत आर्थिक वर्ष २०७७/०७८ मा ६४ करोड बढीको खसीबोका जिल्ला बाहिर निकासी भएको छ । पशु अस्पताल तथा पशु सेवा कार्यालय सल्यानका अनुसार गत आ.व.मा ४२ हजार ८ सय खसीबोका निकासीबाट ६४ करोड २० लाख जिल्लामा भित्रिएको छ । 

सल्यान बाख्रापालनका लागि निकै संभावनायुक्त ठाँउ मानिन्छ । यहाँका किसानहरुले कम्तिमा पनि ५ वटा बाख्रा पाल्दै आइरहेको कार्यालय प्रमुख कपिल प्रसाद उपाध्यायले बताए । जिल्लमा झन्डै चार लाख बाख्रा रहेको उनको भनाई छ । उनले भने गत आ.व. मा मात्रै ४२ हजार बढी खसीबोका निकासी भएका छन् । प्रतिगोटा सरदर रु १५ हजारका दरले मात्र हिसाब गर्दा पनि ६४ करोड बढी जिल्लामा भित्रिन्छ ।

 सल्यानको खसीबोका काठमाण्डौ, पोखरा, धनगढी लगायतका प्रमुह शहरहरुका बढी माग हुने गर्दछ । सल्यानको खसी बोका भने पनि अन्य जिल्लाको तुलनामा व्यापारीहरुले बढी मूल्य हाल्ने गरेको प्रमुख उपाध्यायको भनाई छ । जिल्लाका कपुरकोट, सल्लीबजार र कालिमाटी नाकाबाट खसीबोका निकासी हुने गर्दछन् । 

जिल्लामा व्यवसायिक बाख्रा पालन फस्टाउँदै गएका कारण पनि खसीबोका निकासी हुने क्रम बढी रहेको उपाध्यायले बताए । सल्यानका मासुमा आत्मनिर्भर जिल्ला भएको उनको भनाई छ । कुखुराको मासु भने कुनै समय जिल्ला बाहिर निकासी हुने र कुनै समय अन्य जिल्लाबाट भित्रिने गरेको छ तर खसीबोकाको मासुमा भने सल्यान आत्मनिर्भर रहेको कार्यालयले जनाएको छ । 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top