होमपेज / अर्थ
दीपक शर्मा पुस १५,सल्यान
जव वर्षालाग्छ खहरेहरुमा भलपानी बग्छ, अनि हिउँद लाग्दै गर्दा खहरे सक्दै जान थाल्छन् ।
यस्तै विदेश गयो केही पैसा कमायो, एकछिन रमाइलोमा सकिन्छ फेरी उतैगयो यसरी कतिदिन चल्छ र ? निरन्तरको आम्दानी भएन भने जीवन चलाउन मुस्किल पर्छ । त्यसैले विदेशको कमाई एकछिनको भलपानी जस्तै हुने र आफ्नै ठाउँमा निरन्तरको कमाई र स्वरोजगारीका लागि अवसर खोज्नेक्रममा सल्यानका युवाले कृषि पेशालाई मुख्य आधार बनाएका छन् ।
वषौं विदेशमा परिश्रम गरेर पनि भविश्यको कुनै ठेगाना नभएपछि सिद्धकुमाख गाउँपालिका १ बेलायतीघारीका राजेश कुमार बस्नेतले कृषि व्यावसायमा जुटेका छन् । दुवई र मलेसिया गरी १० वर्ष मेहेनत गरेर फर्केका बस्नेत गत वर्षदेखि व्यावसायिक भैसी पालनमा जुटेका छन् । राजेशको बस्नेत भेसी फर्ममा ठूला ७ र साना ६ गरी १३ वटा भैसी पाल्दै आएका छन् । उनले भने ‘१० वर्षसम्म विदेशमा रहँदा हासिल गरेको ज्ञान भनेको विदेशमा जत्तिकैै दिनरात मेहनत गर्ने हो भने देशमै गर्न सकिन्छ भन्ने हो ।’
बस्नेत बिहान देखि नै भैसीको स्याहार सुसारमा खट्ने गरेका छन् । युवा अवस्थाका राजेशलाई भैसी पालन व्यावसायमा सन्तुष्टि मिलेको बताउँछन् । उनले भने ‘बिहानै उठेर भैसीको स्याहार सम्भार गर्ने, दुध दुहुने, बजारमा लान तयारी गर्ने गर्दा समय बितको थाहे हुँदैन ।’
दैनिक ३० देखि ३५ लिटर दुध बिक्री हुँदै आइरहेको उनको भनाई छ । बजारको माग अनुसार दुध पु¥याउन नसकेको बताउँदै राजेशकी श्रीमती तारा बस्नेतले बताइन । सधै अर्काको देशमा काम गर्नु भन्दा स्वदेशमै केही गरौं भन्ने सोचका साथ भैसी पालन गरेको ताराको भनाई छ । दुध बिक्रीबाट मासिक ५० देखि ६० हजारसम्म आम्दानी हुँदै आइरहेको बताउँदै ताराले भनिन ‘विदेशमा भएको भए पनि श्रीमानले यति धेरै कमाउँदेन्थ्ये होला तर अहिले यहाँ राम्र्रै कमाई भइरहेको छ ।’
हालसम्म झन्डै १४ लाख लगानी लागी सकेको बताउँदै ताराले आगामी दिनमा यही व्यावसायलाई वृद्धि गर्ने सोच रहेको बताइन ।
विदेशमा अर्काको काम गर्नु भन्दा यहाँ धेरै फरक र आनन्द छ । विदेशमा ६ बजे बिहान उठेर हिड्यो एकैचोटी साँझ आयो कोही इष्टमित्र छैन घरपरिवार छैन कि विस्तरा छ कि डिउटी छ । यहाँ त सबै छ, आफूलाई केही भैहाल्यो भने पनि सहयोग गर्ने अर्को छ यो हिसाबले यहाँ धेरै आनन्द लाग्छ ।
उनले भने म पनि यो ठाउँ छाडेर हिडेको थिए । अहिले आएर जग्गाको महत्व बुझे र काम गर्दैछु । अब गाउँमा बाटोघाटो खुलेको छ । स्थानीय तहहरुले ठाँउ अनुसार खेत ीगर्न घाँस लगाउन र किसानहरुलागि प्रोत्साहन दिने र उपकरणहरु उपलब्ध गराउने र आवश्यकता अनुसार प्राविधिहरु पठाइदिने ग¥यो भने कोही पनि युवा बाहिर जानु पर्दैन यही अवसर छ ।





.jpg)