ट्रेण्डिङ

होमपेज / अर्थ

दुग्ध उत्पादनमा सल्यानका किसानहरु

  दिपक शर्मा २०७७ कार्तिक २ गते आइतबार १८:०१:२३ मा प्रकाशित

दीपक शर्मा कात्तिक २ सल्यान 
आधुनिक पशुपालन व्यवसायले सल्यानका किसानहरु दुग्ध उत्पादनमा लागि परेका छन् ।

आफूले उत्पादन गरेको दुधको मूल्य राम्रो पाएपछि किसानहरुको दुग्ध व्यवसायमा आकर्षण बढेको छ । 
घरायसी प्रयोजनकाको दुधका लागि मात्र एक दुई वटा गाई भैसी पाल्ने किसानहरुले अहिले पाँच देखि दशवटासम्म गाई भैसी पाल्न थालेका छन् । 

कपुरकोट गाउँपालिका ३ कपुरकोटका केशव शर्माले २० वटा गाई पालेका छन् । दुई वटा गाईबाट व्यवसाय सुरु गरेका शर्मासँग अहिले २० वटा गाई रहेका छन् । उनको आम्दानीको स्रोत गाई बनेको छ । उनले भने ‘दैनिक ७० देखि ८० लिटरसम्म दुध विक्री हुने गर्दछ । बजारीकरणको कुनै समस्या छैन । गाई पालनसँगै कृषि उत्पादनमा समेत उनले जोड दिएका छन् ।’ गाईको मलबाट उत्पादन भएको तरकारीले पनि राम्रो बजार पाएको उनको भनाई छ । 

जिल्ल्लाका अधिकांश ठाउँहरुमा अहिले व्यवसायिक रुपमा नै दुग्ध उत्पादनका लागि पशु पालन गर्न थालिएको छ । किसानहरुले उत्पादन गरेको दुग्धजन्य बस्तुहरु लिनका लागि गाउँमा नै दुग्ध सहकारी संस्थाहरु सञ्चालना आउन थालेपछि पशुपालन गर्ने किसानहरु उत्साहित भएको पशु अस्पताल तथा पशु सेवा कार्यालय सल्याका कार्यालय प्रमुख कपिल प्रसाद उपाध्यायले बताए । उनका अनुसार जिल्लामा अहिले दैनिक २५ सय देखि ३ हजार लिटर दुध दैनिक बजार आउने गरेको छ । उत्पादन भएको दुध सदरमुकाम खलंगा, श्रीनगर, लान्ति, लुहाम, सल्लीबजार, कपुरकोट लगायतका बजारमा खपत हुदै आइरहेको छ । उनले भने ‘पछिल्लो समयमा दुई दिनको बिचमा बागचौरबाट तीन हजार लिटर दुध सुर्खेत जाने गरेको छ ।’ 

कार्यालयका अनुसार सल्यानमा गाई तथा भैसीका २७ फम दर्ता भएर व्यवसायिक दुग्ध उत्पादन भइरहेको छ । सल्यानमा ९५ हजार ३ सय २५ गाई गोरु र ५५ हजार ३ सय ७ भैसी रहेको कार्यालयले जनाएको छ । 
 जिल्लालाई दुधमा आत्मनिर्भर बनाउनका लागि कार्यालयले किसान लक्षित विशेष कार्यक्रमहरु लागु गरेको उनको भनाई छ ।  

प्रतिक्रिया

सम्बन्धित खवर

Top