ट्रेण्डिङ

होमपेज / अर्थ

बाख्रा पालनमा सल्यानका किसानको आकर्षण

  दिपक शर्मा २०७७ आश्विन २७ गते मंगलबार १४:५२:०८ मा प्रकाशित

 दिपक शर्मा   असाेज २७ सल्यान : लगानी अनुसारको राम्रो आम्दानी हुने थालेपछि सल्यानका किसानहरु व्यावसायिक बाख्रापालनमा आकर्षित भएका छन्।

यहाँ उत्पादित खसी बोका काठमाडौंलगायतका देशमा मुख्य शहरहरुमा निर्यात हुने गरेका छन्। उत्पादित खसी बोकाको राम्रमरी निर्यात हुन थालेसँगै किसानहरु बाख्रा पालनतर्फ आकर्षित भएका पशु अस्पताल तथा पशु सेवा कार्यालय सल्यानले जनाएको छ। बाख्रापालनका लागि आवश्यक घाँस प्रशस्त मात्रामा पाइने भएकाले पनि यो क्षेत्र बाख्रापालनका लागि उपयोगी बनेको कार्यालयका प्रमुख कपिलप्रसाद उपाध्याय बताउँछन्।

पछिल्लो समयमा जग्गा भाडामा लिएर बाख्रापालन व्यवसायका लागि आउनेहरुको चाप पनि दिनप्रतिदिन बढी रहेको उपाध्ययको भनाइ छ। उनले भने, ‘विगतमा स्थानीय जातका मात्र बाख्राहरु पालिने गरेकोमा केही समययता उन्नत जातका बाख्राहरु पनि पाल्न थालिएको छ।’ सल्यानमा पाँच लाख बाख्रा रहेको पशु सेवा कार्यालयको आँकलन छ। प्रत्येक घरका कम्तीमा पनि पाँचवटासम्म बाख्रा रहेको उपाध्यय बताउँछन्। सल्यानको खसी बोकाले अन्य क्षेत्रका भन्दा बढी मूल्य पाउने भएकाले पनि किसानहरुमा बाख्रापालनमा आकर्षित भएको हुन्।

लगानी अनुसारको राम्रो आम्दानी हुने गरेको र दिनदिनै बढ्दै गएको मागले बाख्रापालनतर्फ आकर्षण बढेको कपुरकोट गाउँपालिका–५ रिमका किसान सुशील बोहराले बताए। उनेल ४५ लाख लगानीमा व्यावसायिक बाख्रापालन गरेका छन्। सामान्य रूपमा आठ दशवटा बाख्रा पालेर पनि घरको दैनिक खर्च चलाउन सजिलो हुने भएकाले पनि किसानको रोजाइमा बाख्रापालन पर्दै गएको र यसले बिस्तारै व्यावसायिक रुप लिन थालेको उनको भनाइ छ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top