ट्रेण्डिङ

होमपेज / अर्थ

सल्यानमा तीस करोडको सुन्तला

  दिपक शर्मा २०७६ फाल्गुण ७ गते बुधबार १०:४१:१९ मा प्रकाशित

दिपक शर्मा फागुन ७, सल्यान
सल्यानमा यो वर्ष ३० करोडको सुन्तला उत्पादन भएको छ । सुन्तलाको बोट तथा क्षेत्रफल वृद्धि र अनुकुल वातावरणका मिलेपछि सुन्तला उत्पादन राम्रो भएको कृषि विकास कार्यालय सल्यानले जनाएको छ । 
यस वर्ष सल्यानमा ३० करोड बराबरको सुन्तला उत्पादन भएकोमा २२ करोडको सुन्तला निर्यात भएकोे कार्यालयले जनाएको छ । योवर्ष दुई हजार हेक्टर क्षेक्रफलमा सुन्तला उत्पादन भएको कृषि विकास कार्यालय सल्यानका निमित्त कार्यालय प्रमुख महेश आचार्यले बताए । गत आर्थिक वर्ष १ हजार ४० हेक्टर क्षेत्रफलमा ९ हजार १३ मेट्रिकटन सुन्तला उत्पादन भएको थियो । 
उत्पादित सुन्तला मध्ये करिब ७५ प्रतिशत सुन्तला जिल्ला बाहिर निकासी हुने गरेको सूचना अधिकारी रेशम कुमार बस्नेतले बताए । जिल्लामा उत्पादित सुन्तलाले राम्रो बजार पाउन थालेपछि सुन्तला खेती तर्फ कृषकहरुको मोह बढेको उनको भनाई छ ।
 जिल्लामा झन्डै ७ सय २ घरधुरीले व्यवसायिक सुन्तला खेती गर्दै आइरहेका छन् । सल्यानमा उत्पादित सुन्तला दाङ्ग, बुटवल, नेपालगञ्ज, धनगढी , महेन्द्रनगरसम्म जाने गरेको छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top