ट्रेण्डिङ

होमपेज / अर्थ

सल्यानबाट १७ करोड बढीको जडिबुटी निकासी

  दिपक शर्मा २०७७ भाद्र १६ गते मंगलबार १४:२२:२८ मा प्रकाशित

दीपक शर्मा भदौ १६, सल्यान 
गत आर्थिक वर्ष २०७६/०७७ मा सल्यानबाट १७ करोड बढीको जडिबुटी निकासी भएको छ । टिमुर, रिठ्ठा, तेजपात, दालचिनीको बोक्रा,  घोडाताप्रे, पाखनवेद्, लगायतका बहुमुल्य जडिबुटी निकासी भएका छन् । 

डिजिभन वन कार्यालय सल्यानका अनुसार गत आ.व.मा राष्ट्रिय वनबाट ९५ हजार किलो र निजी आवादीबाट २ लाख ६७ हजार ४ सय किलो टिमुर, उत्पादन भएको छ ।

 राष्ट्रिय वनबाट रिठ्ठा १ लाख ८९ हजार किलो, घोडाताप्रे १ हजार ५ सय किलो, दालचिनीको बोक्रा, ५ सय किलो, पाखनवेद ८ हजार ५ सय किलो संकलन ईजाजत लिइएको छ । यस्तै चुक्राको बोक्रा १४ हजार ८ सय किलो, तेजपात, ६१ हजार ५ सय किलो, बज्रदन्ती ५ हजार किलो र गोकुलधुप ५ सय किलो संकलन ईजाजत लिएको डिभिजन वन प्रमुख रमेश गिरीले बताए । 

जिल्लामा उत्पादन भएको बहुमुल्य जडिबुटी ३ लाख ६४ हजार ४ सय किलोबाट १८ लाख ५१ हजार ९ सय राजस्व संकलन भएको गिरीको भनाई छ । 
सल्यानमा गत वर्ष सरदर ४ सय ५० रुपैयाँका दरले टिमुरको कारोबार भएको जडिबुटी व्यवसायी संघ सल्यानमा महासचिव हरी न्यौपानेले बताए ।

जिल्लाबाट सबैभन्दा बढी टिमुर निकासी हुने बताउँदै उनले गत आर्थिक वर्षमा मात्रै ४ सय ५० किलोका हिसाबले मात्र पनि १६ करोड ३० लाख ८० हजार रकम भित्रिएको उनको भनाई छ । उनले भने  ‘गते वर्ष ३ लाख ६२ हजार ४ सय किलो टिमुर उत्पादन भएको पाइएको छ जसबाट १६ करोड बढीको रकम जिल्लामा भित्रिएको छ ।’ 

यस्तै रिठ्ठाबाट १ करोड २२ लाख ८५ हजार, तेजपातबाट २२ लाख बराबर रकम भित्रिएको न्यौपानेको भनाई छ । अन्य जडिबुटीले भने खासै बजार नपाएको उनको भनाई छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top