ट्रेण्डिङ

होमपेज / अर्थ

 सल्यानका नौ सय छोरीको बैक खाता 

  दिपक शर्मा २०७७ भाद्र १५ गते सोमबार १४:४२:४७ मा प्रकाशित

दीपक शर्मा भदौ १५, सल्यान 
कर्णाली प्रदेशका छोरीको आर्थिक, सामाजिक सुरक्षा गर्न प्रदेश सरकारले सुरु गरेको ‘बैङ्क खाता छोरीको सुरक्षा जीवनभरिको’ कार्यक्रम मार्फत सल्यानमा ९ सय बढीको छोरीको बैङ्क खाता खोलिएको छ । 

प्रदेश सरकारले छोरीमाथि हुने विभेद हटाई आर्थिक र सामाजिक सुरक्षा दिन गत वर्ष देखि उक्त कार्यक्रम ल्याएको थियो । सामाजिक विकास कार्यालय सल्यानका अनुसार  गत आर्थिक वर्ष २०७६÷२०७७ मा नौ सय ३५ छोरीको बैङ्क खाता खोलिएको छ । 

कार्यालयका अनुसार बागचौर नगरपालिकाले सबैभन्दा बढी  १ सय २८ छोरीको बैङ्क खाता खोलिएको सामाजिक विकास कार्यालय सल्यानका वीरेन्द्र माझीले बताए । उनका अनुसार शारदा नगरपालिकामा १ सय १९, बनगाड कुपिण्डे नगरपालिकामा ११८, कपुरकोट गाउँपालिकामा ५५, त्रिवेणी गाउँपालिकामा ६१ छोरी बैङ्क खाता खोलिएको छ । 

यस्तै छत्रेश्वरी गाउँपालिकामा ११८, कुमाख गाउँपालिकामा १०५, सिद्ध कुमाख गाउँपालिकामा ९४ र दार्मा गाउँपालिकामा १३७ छोरीको बैङ्क खाता खोलिएको छ । कालीमाटी गाउँपालिकालाई पटक पटक विवरण पठाउन आग्रह गर्न गर्दा पनि नपठाएको माझीको भनाई रहेको छ । 
गत आर्थिक वर्षमा सल्यानका दश स्थानीय तहलाई ६÷६ लाखका दरले ६० लाख बजेट विनियोजन भएको थियो । ६० लाख बजेट मध्ये ४२ लाख ७९ हजार ९ सय रुपैयाँ मात्र खर्च भएको छ । 

कर्णाली प्रदेश सरकारले छोरी २० वर्ष नपुग्दासम्म पहिलो वर्ष एक हजार र मासिक पाँच सय रुपैयाँ छोरीको बैङ्क खातामा जम्मा गरिदिने गरेको छ । २० वर्षमा एक छोरीको खातामा १ लाख २० हजार रुपैयाँ जम्मा हुन्छ । 

सरकारले बैङ्कमा जम्मा गरी दिएको रकम छोरीको उमेर २० वर्ष पुगेपछि मात्र झिक्न पाइने, बालविवाह नगरेको हुनुपर्ने, छोरीले माध्यमिक शिक्षा पुरा गरेको हुनु पर्ने र माध्यमिक तहको अध्ययन पुरा भएको प्रमाणपत्रका आधारमा मात्र रकम उपलब्ध गराइने सर्त राखेको छ । 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top