ट्रेण्डिङ

होमपेज / अर्थ

लघु उद्यममा सल्यानका महिलाको आकर्षण

  दिपक शर्मा २०७७ भाद्र १ गते सोमबार १५:५०:१० मा प्रकाशित

दिपक शर्मा भदौ. १, सल्यान 
जिल्लाको शारदा नगरपालिका ४ शाहुटोलकी लक्ष्मी बस्नेतले विगत दुई वर्षदेखि सुरक्षा सेनेटरी प्याड उद्योग सञ्चालन गर्दै आई रहेकी छन् । सामाजिक सञ्जाल यूटयुवको सहायताले उद्योग सञ्चालन गरेकी बस्नेतले राम्रो आम्दानी गर्दै आइरहेकी छन् ।

 जिल्लामै पहिलो पटक प्याड सञ्चालन गरेकी उनले महिनावारी भएको समयमा फोहोर र पुरानो कपडाको प्रयोग गर्ने चलन रहेको र यसले महिला स्वास्थ्यमा असर नपुगोस भनेर उद्योग सञ्चालन गरेको उनको भनाई छ । 

यस्तै शारदा नगरपालिका २ मा चार महिलाको सामुहिक लगानीमा अचार उद्योग सञ्चालन हुदै आइरहेको छ । महिलाले केही गर्न सक्तैनन् भन्ने हाम्रो समाजको मान्यतालाई टोड्न सामुहिक रुपमा अचार उद्योग सञ्चालन गरेको सुनहरी श्रेष्ठले बताइन ।

 अचार उद्योगबाट राम्रो आम्दानी भइरहेको बताउदै श्रेष्ठले अचार उद्योगले आत्मनिर्भर बनाउन सिकाएको उनको भनाई छ । उनले भनिन ‘स्थानीय स्तरमै उपलब्ध स्रोत साधनको समुचित प्रयोग गर्दै अचार बनाइरहेका छौं ।’ 
श्रेष्ठ जस्तै कपुरकोट गाउँपालिका ३ कपुरकोटकी देवा शर्माले व्यवसायिक गाई पालनबाट मनग्य आम्दानी गरेकी छन् । दुई वटा गाईबाट सुरु भएको फर्ममा अहिले २० वटा गाई रहेका छन्  ।

जिल्लामा धेरै महिलाले आफ्नै व्यवासय सञ्चालन गरेर आत्मर्भिरताको बाटोमा लागेको उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय सल्यानले जनाएको छ । लघु उद्योग, घरेलु उद्योग र साना उद्योगमा महिलाको आर्कषण बढ्दै गएको कार्यालयका सूचना अधिकारी ध्रुव खत्रीले बताए । 

उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय सल्यानका अनुसार गत आर्थिक वर्ष २०७६/०७७ मा ३५ उद्योग महिलाको नाममा दर्ता भएका छन् । जिल्लाको कुल जनसंख्याको २५ प्रतिशत महिला आर्यआर्जनमा लागेको खत्रीको भनाई छ । गत आर्थिक वर्षमा ५ सय ३४ महिलाले रोजगारी आएको उनले बताए । 

महिलाले विशेष गरी सिलाई, कुखुरापालन, बाख्रा पालन, ब्युटीपार्लर लगायतमा सहभागिता जनाएका छन् । जिल्लामा धेरै जसो महिलो सिलाई सेन्टर सञ्चालन गरेको सूचना अधिकारी खत्रीले बताए । उनले भने ‘आफ्नो उद्योग दर्ता गरेर उद्याममा लागेका महिलालाई कार्यालयको तर्फबाट पनि सीप, अनुदान र तालिमको समेत व्यवस्था गरेका छौं ।’ 
जिल्लामा हालसम्म २ सय ४२ महिलाले आफ्नो नाममा उद्योग दर्ता गराएका छन् । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top