ट्रेण्डिङ

होमपेज / अर्थ

सल्यानमा फलफुलका विरुवा विक्रीबाट पाँच करोड रुपैयाँ बढी आम्दानी

  दिपक शर्मा २०७७ श्रावण २१ गते बुधबार १४:०७:२८ मा प्रकाशित

साउन २१, सल्यान 
जिल्लामा विभिन्न जातका फलफुलका विरुवा विक्रीबाट पाँच करोड बढी  किसानहरुले आम्दानी गरेका छन् । गत आर्थिक वर्ष २०७६÷०७७ मा पाँच करोड ६० लाख फलफुलका विरुवा विक्रीबाट आम्दानी गरेका गरेका हुन । 

कृषि विकास कार्यालय सल्यानका अनुसार गत आ.व.मा २८ लाख विरुवा उत्पादन भएका छन् । २८ लाख विरुवामा २० लाख विरुवा जिल्ला बाहिर निकासी भएको छ भने बाँकी ८ लाख जिल्ला भित्रै खपत भएको कृषि विकास कार्यालय सल्यानका सूचना अधिकारी रेशम बहादुर बस्नेतले बताए । उनले भने ‘कार्यालयमा दर्ता भएका २२ वटा अन्यगरी ४४ वटा नर्सरीबाट २८ लाख विभिन्न फलफुलका विरुवा उत्पादन भएको पाइएको छ ।’ जिल्लामा सबैभन्दा धेरे कागतीका विरुवा उत्पादन भएको छ ।

कागतीका विरुवा मात्र २१ लाख ५० हजार उत्पादन भएको बस्नेतको भनाई छ । यस्तै सुन्तला ४ लाख, अनार १ लाख, ओखर ४० हजार, किवि ६ हजार उत्पादन भएको छ । यस्तै अमिलो १५ हजार, तिनपाते २० हजार, नास्पती ५ हजार, स्याउ ५ हजार, हलुवावेद ६ हजार, अलैची २० हजार, जुनार ५ हजार र अन्य २८ हजार गरी २८ लाख विरुवा उत्पादन भएको बस्नेतको भनाई छ । 

उत्पादन भएको विरुवा दैलेख, जाजरकोट, रोल्पा, रुकुम, पाल्पा, अर्घाखाँची, म्याग्दी, सिन्धुलीसम्म पुगेको कृषि कार्यालय सल्यानले जनाएको छ । 
नर्सरी व्यवसायबाट जिल्लामा किसानले वार्षिक १ लाख देखि २५ लाखसम्म आम्दानी गर्दैै आइरहेका छन् । थोरै लगानी र क्षेत्रफलमा पनि राम्रो आम्दानी गर्न सकिने भएपछि पछिल्लो समय सल्यानका किसानहरु नर्सरी व्यवासय तिर आर्कषित हुन थालेका छन् । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top