ट्रेण्डिङ

होमपेज / अर्थ

सल्यानमा जग्गामा महिलाको स्वामित्व घट्यो

  हिमाल शर्मा २०७७ श्रावण १८ गते आइतबार १३:४०:२६ मा प्रकाशित

हिमाल शर्मा साउन १८, सल्यान
सल्यानमा जग्गामा महिलाको स्वामित्व गत आर्थिक वर्ष २०७६/०७७ मा घटेको पाइएकोे छ । सरकारले महिला, दलित र ज्येष्ठ नागरिकका नाममा घर जग्गा पास गर्दा राजस्वमा छुट दिए पनि गत आ.व.मा स्वामित्व घटेको हो । 

महिला,दलितलाई घरजग्गा रजिष्टेशन पास गर्दा २५ देखि ३० प्रतिशतसम्म छुट दिने व्यवस्था छ । महिलाका नाममा घरजग्गाको स्वामित्व बढाउने उद्देश्यले सरकारले महिलाको नाममा स्वामित्वदर्ता गर्दा लाग्ने राजस्वमा ३० प्रतिशतसम्म छुट दिदै आइरहेको छ ।  

जिल्लामा महिलाका नाममा रजिस्टेशन पास गर्नेको संख्या घटेको मालपोत कार्यालय सल्यानले जनाएको छ । विगतका वर्षहरुमा राजस्व छुट पाउने भएपछि २० देखि ३० प्रतिशतसम्मले महिलाको नाममा घरजग्गाको स्वामित्व दर्तामा वृद्धि भएको  भएता पनि लकडाउका कारण गत आव. मा भने घटेको मालपोत कार्यालय सल्यानका सूचना अधिकारी दिपक बुढाथोकीले बताए ।
 उनका अनुसार गत आर्थिक वर्ष २०७६/०७७ मा ७ सय ९९ जना महिलाका नाममा घरजग्गा दर्ता भएको छ । आ.व २०७५÷०७६ मा एक हजार ९  सय २ जना महिलाका नाममा घरजग्गा दर्ता भएको थियो । 

शहरी महिला ४ सय ६५  जना, ग्रामीण महिला ३ सय २६  जना गरी ७ सय ९१ जनालाई गरी २० लाख २९ हजार ४  सय ८९ रुपैयाँ छुट दिइएको बुढाथोकीले बताए  । यस्तै   शहरी दलित तथा जनजाति ८ जना  र ग्रामीणमा २ जना गरी ८ जनालाई  १६ हजार १ सय ५० रुपैयाँ छुट दिइएको बुढाथोकीको भनाई छ । 

सरकारले शहरी क्षेत्रका महिलाका लागि २५ प्रतिशत र ग्रामीण क्षेत्रका महिलाका लागि ३० प्रतिशतसम्म मालपोत दस्तुरमा छुट दिने व्यवस्था गरेको छ । तर बन्दाबन्दीका कारण लिखत कम हुँदा महिला, दलित तथा जनजातिहरुको नाममा घरजग्गा पास गर्नेहरुको संख्यामा कमी आएको बुढाथोकीले बताए । 
आ.व २०७५÷०७६ मा ६ हजार रहेकोमा २०७६÷०७७ मा ३ हजार ८ सय ७५ मात्र लिखत पास भएको उनको भनाई छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top