ट्रेण्डिङ

होमपेज / अर्थ

सल्यानका नर्सरी व्यवसायीलाई भ्याइ नभ्याई

  दिपक शर्मा २०७७ असार ३१ गते बुधबार १३:३६:३० मा प्रकाशित

दिपक शर्मा असार ३१, सल्यान 

सल्यानका नर्सरी व्यवसायीहरुलाई यतिबेला बोटविरुवा विक्री वितरण भ्याइ नभ्याई भएको छ ।  वर्षायाममा बोट विरुवा लगाउँने सिजन भएकाले नर्सरी व्यवसायी असारमा व्यस्त हुने गरेका छन् । 

यो वर्ष टिमुरको विरुवाको माग बढी भएको डाँगी बहुउद्देश्य कृषि फर्म बागचौर नगरपालिका ९ कोटमौलाका किसान प्रकाश डाँगीले बताए । विगतका वर्षमा टिमुरका विरुवा कमै मात्रामा उत्पादन भएपनि यो वर्ष भने धेरै किसानहरुले टिमुरको विरुवा उत्पादन गरेको बताए । 

धेरै किसानले टिमुरको विरुवा उत्पादन गरे पनि माग भने कम नभएको उनको भनाई छ । यो वर्ष १ लाख ५० हजार टिमुर, ४० हजार कागती, ७ हजार सुन्तला, ६ हजार अनारका विरुवा उत्पादन गरेको उनले बताए ।  सिन्धुपाञ्चोक, स्याङजा, म्याग्दी, गुल्मी, रोल्पा, रुकुमसम्म यो वर्ष विरुवा पठाएको उनको भनाई छ । 
गत वर्ष विरुवा विक्रीबाट मात्रै १५ ÷१६ लाख आम्दानी भएको बताउदै कृषक डाँगीले यो वर्ष टिमुरका विरुवाको मुल्य निकै घटेकाले १५ लाख जति मात्र आम्दानी हुने अनुमान गरिएको उनको भनाई छ । 

कृषि विकास कार्यालय सल्यानका अनुसार जिल्लामा दुई दर्जन बढी व्यवसायीले नर्सरी सञ्चालन गर्दै आइरहेका छन् । सिँचाई सुविधा नभएको जग्गामा किसानहरुले विरुवा लगाउने गरेका छन् ।

जिल्लामा २ हजार २ सय १५ हेक्टर क्षेत्रफलमा व्यवसायिक फलफुल खेती हुदै आइरहेको छ । जसमा सबैभन्दा बढी सुन्तलाले १ हजार ४ सय ९५ हेक्टर क्षेत्रफल ओगटेको छ । सल्यानका नर्सरीमा टिमुर, कागती, सुन्तला,  अनार लगायतका जडिबुटी र फलफुलका विरुवा उत्पादन हुदै आइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top