होमपेज / शिक्षा
मानव सभ्यताको विकास सँगै शिक्षा दिने र लिने परम्पराको थालनी भएको मान्न सकिन्छ । नेपालमा परापूर्वकालमा शिक्षाको विकास धर्म,सामाजिक परम्परामा आधारित पारिवारीक शिक्षादिक्षा एक पिढीबाट अर्को पिढीमा हस्तानतरण हुदै प्राचिनकालमा वैदिक वा संस्कृत शिक्षा गुरुकुल,क्रृषिकुल, देवकुल तथा पितृकुल प्रणालीबाट शिक्षाको थालनी भएको पाइन्छ । त्यसै गरीे बौद्व शिक्षामा आधारित गुम्बामा हुने पठन पाठनगेलुङ र संगापा गुरुबाट हुने गर्दथ्यो । त्यस समयमा विद्यार्थीहरुले अध्ययन सके पछि आफुले सिकेको ज्ञान छलफल,बहस तथ्यांक सामुहिक परीक्षा र शास्त्रार्थ काआधारमा परीक्षा लिएर योग्यता जाँच लिइन्थो । परीक्षार्थीले विद्घान मण्डलीलाई चित्तबुझ्दो प्रमाण र बहसबाट आफ्नो विद्घता देखाएमा अष्टकलशले स्नान गराई स्नातको उपाधि प्रचलन गर्ने चलन थियो ।
विक्रम संमत १९१० असोज २७ गते जंगबहादुर राणाले आफ्नो सम्बन्ध अंग्रेजसँग निकट बनाइ राख्न र आफ्ना सन्तानलाई अंग्रेजी भाषामा लेखपढी गर्न समर्थवान बनाउन थापाथलीको दाखचोक अगाडीको भुईतलामा दरबार स्कुलको स्थापना गरेका थिए । दरबार स्कुलमा वार्षिक परीक्षा प्रणाली अन्र्तगत बर्षको दुई पटक अर्धवार्षिक र वार्षिक परीक्षा लिइन्थो । वार्षिक परीक्षामापास हुने विद्यार्थीलाई प्रधानाध्यापकले कक्षामा गएर नतिजा सुनाई तरक्की (प्रमोसन) दिइन्थो । दुई विषयमा फेल भए पछि जाँचलिएर प्रमोसन दिइन्थो भने कक्षाचार सम्म मौखिक र पाँच कक्षा भन्दा माथी लिखित परीक्षा हुन्थ्यो ।
वर्तमान समयमा आएर नेपालमा परीक्षा प्रणालीका नाममा तिनघण्टे परीक्षाले के विद्यार्थीहरुको साँचिक्कै अन्र्तरनिहित प्रतिभाको प्रस्फुटन भएको छवा छैन बहसको हुन जरुरी छ । विद्यालयमा विद्यार्थीले बर्ष भरी सिकेका वा सिकाइएका पक्षले वालकको सम्पूर्ण प्रतिभाको पूर्ण मूल्याङकन पक्कै पनि गर्न सकिदैन । यदी कुनै विद्यार्थी परीक्षाको समयमा शारिरीक अस्वस्थता, बाह्य वाताबरणमा समायोजन हुन नसक्नु जस्ता पक्षले उसले कक्षाकोठामा सिकाइएका वासिकेका कुरा कापीमा उर्तान सक्दैन उ फेल हुने परीक्षा प्रणाली कदापी राम्रो होइन । यसको विकल्पमा परीक्षा बाहेकका साधनहरु मौखिक परीक्षा, परीयोजनाकार्य, क्षेत्र भ्रमण, रुजुसुची जस्ता विधि उच्चतम प्रयोग हुन जरुरी छ । विद्यार्थीहरुको क्षमता मापन गर्ने मापो परीक्षामात्र एक साधन कदापी होइन ।
आर्थिक सर्वेक्षण २०७६/७७ मा शैक्षिक शत्र २०७६ मा प्राथमिक तहको खुद भर्नादर ९७.१ %, आधारभूत तहको ९३.४% र माध्यमिक तहको ४७.६%पुगेको छ । यस तथ्यलाई आधारमा के अनुमान गर्न सकिन्छ भने माथिल्लो तहमा भर्ना दर कम देखिएको, बिचैमा विद्यालय छाड्ने दर बढेको र प्राथमिक तहमा भर्ना भएका विद्यार्थीहरु माथिल्लो तहमा कम मात्र पुगेका छन् यसका पछाडि नेपालमा अवलम्वन गरीएको परीक्षा दोषी छ की ?
अर्को तर्फ सरकारले परीक्षा पद्वति सुधारका लागी निरन्तर विद्यार्थी मूल्याकन अपनाएको छ । निरन्तर विद्यार्थी मूल्याकन वि.स. २०६३ सालबाट कक्षा १ बाट लागु भई आधारभुत तह७ सम्म लागु भइरहेको छ तर देशभर लागु भएको १३ बर्ष पुगी सक्दा पनि किन सफल कार्यान्वयन हुन सकेनरु के निरन्तर विद्यार्थी मूल्याकनलाई १देखी ३ कक्षा सम्म १००प्रतिशत ,निरन्तर विद्यार्थी मूल्याकन,४ र ५ कक्षामा ५० प्रतिशत निरन्तर विद्यार्थी मूल्याकन र ५० प्रतिशत आवधिक परीक्षा,कक्षा ६ र ७मा ४० प्रतिशतनिरन्तर विद्यार्थी मूल्याकन र ६० पतिशत आवधिक परीक्षा प्रणालीलाई कर्मकाण्डी बनाईको हो त रुके यो प्रणाली अन्य देशहरुबाट लादिएको वा हामी स्वयंमले देखासीकी वा सिको गरेका हौ ? के शिक्षाविदहरुले गलत÷ समय सापेक्ष सल्लाह,सुझाव दिनमा कन्जुस्याइ गरेका हुन् ? के शिक्षा मन्त्रालयले हतार हतारमा प्रर्याप्त तयारी बिना लागु गर्न चुक्यो वा कार्यान्वयन गर्ने शिक्षकहरुले निरन्तर विद्यार्थी मूल्याकन प्रकिया जानेनन्÷बझेनन् वा बोझिलो,झन्झटिलो भयो यस पक्षमा बहस हुन जरुरी छ कि छैन ?
परीक्षा बाहेकका साधनमा निरन्तर विद्यार्थी मूल्याकनलाई भरपर्दो रुपमा लिइयो तर यसको ठीक बिपरीत कुनै विद्यालयका शिक्षकहरुले जब त्रैमासिक परीक्षाको केहीदिन अगाडि हतार हतारमा विद्यार्थी मूल्याकनका नाममा रेजा लगाउने वा त्यो पनी नगरी हचुवाका भरमा पास फेल गर्ने अभ्यास गरेको पाईन्छ, यो गलत छ । यस कमजोरीबाट शिक्षकहरुले आफूलाई समयमै सच्चाउनु पर्छ नत्रभने भोली पुस्ताले हामी दोषी ठहर्याउने छन् । निरन्तर विद्यार्थी मूल्याकनलाई विद्यालयमा देखाउने तर प्रयोगमा कम ल्याउने हात्तीको देखाउने दाँत जस्तो भयो । स्वंयम शिक्षक,प्रअ,विद्यालय व्यवस्थापन समिति र सबै सरोकारवालाहरुल ेअनुगमन र निरीक्षण गरी राम्रो गर्ने विद्यालय र शिक्षकलाई पुरस्कृत गर्ने,नगर्नेलाई दण्ड सजाय हुन आवश्यक छ । मन्त्रालय,विभाग, स्थानिय तह वा सरोकारवालाले आफ्नो अधिकार प्रयोग गर्दा अनुगमन र निरीक्षण कमै गएको पाइन्छ । के अधिकार प्राप्तपक्षले सफल र उदाहरण्ीय विद्यालय रुपमा कार्यान्वय नगर्न नचाहेको हो ररु परीक्षाको समयमा अनुगमन,निरीक्षण हुनु आफैमा राम्रो पक्ष हो तर बर्ष भरी सुतेर वाध्यान साधना लिन भएर अन्तीम समयमा निगरानी गर्नु मात्रै परीक्षाको विश्वासनीयत ाहो रु ज्ञात रहोस शैक्षिक शत्रको शुरुवात देखी अन्त्य सम्म विद्यालयमा अनुगमन,निरीक्षण गर्नु,सुझाव सल्लाहदिनु आवश्यक छ ।
अन्तयमा,शिक्षा मन्त्रालयको तथ्याकमा शतप्रतिशत सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरु तालिम प्राप्त छन् । के ति तालिम पाएका जनशक्तीले व्यवहारमा लागु गरेनन् वा गर्नल दिइएन,यस बारे सबैको ध्यानजान जरुरी छ । विद्यार्थीहरुको हाल झेल्दै आएका परीक्षा पद्वतिको विकल्पमा महाविर पुनको परिकल्पनामा देश विकासको लागि वैज्ञानिक र सूचना प्रविधिमा दखल राख्ने दक्ष जनशक्ती उत्पादनका लागि राष्ट्रिय आविस्कार केन्द्र जस्ता, गरी खानेशिक्षाको विद्यालयको लागि मदन राईले खोटाङको दिक्तेलमा संचालन गरेको सुभद्रामदन जस्तै, भारतको लदाखमा रहेको सोनमवाङ SECMOL "Students' Educational and Cultural Movement of Ladakh"जस्तै हिमाली भेगमा आयुवेदिक तथा जडिबुटी विद्यालय, खेल र शारिरीक विकासको लागि खेलकुद विद्यालय,समाजमा रितीरिवाज,
संस्कृतिको जगेना गर्न सांस्कृतिक विद्यालय, काष्ठकला, मूर्तिकला, धातुकला, पस्तरकला संरक्षणको लागि फरक विद्यालय,पर्यावरण र पर्यटन विकासका लागि पर्यापर्यटन विद्यालय, साक्षरताका लागि साधारण विद्यालय । यस्ता विद्यालयमा पास वा फेल नभनी आफ्नो सिप र कौशल प्रकट हुन्छ त्यसैले तिन घण्टे परीक्षाको उत्तम विकल्पमा वैकल्पिक र प्राविधिक साधारण विद्यालय स्थापना गरी उत्कृष्ट शैक्षिक गन्तब्य र उम्दा बनाइ राख्नका लागि शिक्षक, शिक्षाविद, पाठ्यक्रमविद,अभिभावक र आमनागरिकको सहयोग सहभागिता आजको आवश्कता हो ।
लेखक राजन कार्की
नयाँकिरण कमल कुसुम माध्यामिक विद्यालय भरतपुर, चितवन अध्ययापन गराउदै आइरहनु भएको छ ।





.jpg)