होमपेज / समाज
वैशाख १९,सल्यान
सल्यानमा जग खन्ने क्रममा ८६ बम फेला परेका छन् । जिल्ला प्रहरी कार्यालयको कम्पाउण्ड भित्र भवन निर्माणका लागि जग खन्ने क्रममा ठुलो मात्रामा विस्फोटक पदार्थ फेला परेको हो ।
जग खन्ने क्रममा ८२ वटा सकेट बम, ३ वटा सुुतली बम,१ बोतल बम, ७ थान रेडियो वेभ, एक्सपोलोसिभ ५०० ग्राम, बम बनाउन प्रयोग हुने पार्टसहरु २ केजि र फाइरिङ केबल १० मिटर फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानको सञ्चार शाखाले जनाएको छ । कालि भक्तिगण भैरहवाबाट इन्जिनियर सहितको टोली र सिद्धिबक्स गण सल्यान सिमखर्कबाट आएको टोलीले बम डिस्पोजका लागि खटिएको सञ्चार शाखाले जनाएको छ । शसस्त्र द्धन्द्धको समयमा ठुलो मात्रामा बम राखिएको हुन सक्ने अनुमान गरिएको छ ।





.jpg)