ट्रेण्डिङ

होमपेज / शिक्षा

छत्रेश्वरीमा शिक्षकहरूका लागि विद्यार्थी मनोपरामर्श सम्बन्धी तालिम सुरु

  सल्यान खबर डेस्क २०८२ जेठ २७ गते मंगलबार १६:४६:४२ मा प्रकाशित

जेठ २७,सल्यान 

छत्रेश्वरी गाउँपालिका भित्रका आधारभूत तथा माध्यमिक तहका शिक्षकहरूका लागि विद्यार्थी मनोपरामर्श सम्बन्धी (कष्टमाइज्ड) तालिम आज देखी सुरु भएको छ ।

यस तालिमको उद्देश्य शिक्षकहरूलाई विद्यार्थीहरूको मनोसामाजिक समस्याहरू पहिचान गर्ने र समाधान गर्ने क्षमता विकास गराउनु रहेको छ ।

शिक्षा शाखा प्रमुख केशर वलीको अध्यक्षता, गाउँपालिका अध्यक्ष ओज बहादुर बुढाथोकी, गाउँपालिका उपाध्यक्ष बुद्ध कुमारी खत्रीको  एवम् वडा नं ६ का वडाध्यक्ष टिकाराम बुढाको उपस्थितिमा छत्रेश्वरी, ६ स्थित त्रिजमावि भोटेचौरमा पाँच दिने तालिमको उद्घाटन गरिएको हो ।

तालिमले विद्यालयमा बालबालिकाको मानसिक स्वास्थ्य, तनाव व्यवस्थापन र सकारात्मक अनुशासन जस्ता विषयहरूमा शिक्षकहरूलाई ज्ञानवर्धक गराउने अपेक्षा छ । यसले विद्यार्थीहरूको शैक्षिक प्रगतिमा पर्ने मनोवैज्ञानिक अवरोधहरू हटाउन मद्दत गर्ने यस गाउँपालिकाको विश्वास रहेको छ । यो तालिमले शिक्षण पेसाको गुणस्तर सुधार्न पनि योगदान दिनेछ ।

तालिम उद्घाटन कार्यक्रमका वक्ताहरूले तालिम सकिएपछि शिक्षकहरूले आफ्नै विद्यालयमा विद्यार्थीलाई मनोसामाजिक सहयोग पुर्‍याउन सक्ने आसा व्यक्त गर्नुभएको थियो ।

छत्रेश्वरी गाउँपालिका, शिक्षा शाखाको आयोजना तथा सिएमसी नेपालद्वारा सञ्चालित प्रवासी कामदार र तिनका परिवारका सदस्यहरूको मानसिक स्वास्थ्य र मनोसामाजिक सुस्वास्थ्य प्रवर्द्धन परियोजनाको सहयोगमा सञ्चालन भएको यस तालिमको सहजकर्ताको रुपमा सिएमसी नेपालका कार्यक्रम अधिकृत अनत चौधरी र गाउँपालिकाका मनोसामाजिक परामर्शकर्ता गीता पहाडी रहनुभएको छ ।

कार्यक्रममा गाउँपालिका स्थित सचिवालयका खडग शाही, प्रेस सल्लाहकार शङ्कर केसी सहित विभिन्न विद्यालयका सहभागी शिक्षकहरूको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन शिक्षा प्रास शिवसिंह पुनले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top