ट्रेण्डिङ

होमपेज / समाज

नगरपालिकाको सातौं नगर सभाको अवसरमा दुई जना सम्मानित

  इन्द्र बुढाथोकी २०७७ असार १० गते बुधबार २१:१०:४९ मा प्रकाशित

इन्द्र बुढाथोकी असार १०, सल्यान 
सल्यान बनगाड कुपिण्डे नगरपालिकाले सातौं नगर सभाको अवसरमा  दुई जनालाई सम्मान गरेको छ । 

कोरोना भाइरस नियन्त्रणमा बनगाड कुपिण्डे नगरपालिकामा रातदिन नभनी खटिएको र बनगाड कुपिण्डे नगरपालिका नागरिकको स्वास्थ्यमा चिन्ता गरेर प्रदेश सरकारले कोरोना नियन्त्रण गर्नेको लागि बनगाड कुपिण्डे नगरपालिकामा आउनु भएका मेडिकल अफिसर डाक्टर इन्द्रबहादुर थापा र प्रहरी नायव निरीक्षक तथा देवस्थल ईलाका प्रहरी कार्यालय सल्लीबजारका इन्चार्ज मीन बहादुर खड्कालाई सम्मान गरेकाछ ।

 खडकाले बनगाड कुपिण्डे नगरपालिका ३३ वटा क्वारेन्टाइनमा व्यवस्थापन रातदिन जुनसुकै समयमा पनि सुरक्षार्थ खटिएका थिए । कोरोना भाइरसलाई नियन्त्रण गर्नको लागि  दुबैजनाको निकै महत्वोपुर्ण भुमिका खेलेको नगर प्रमुख गोविन्द कुमार पुनले बताए । साथै नगरपालिका स्वास्थ्य शाखा कर्मचारीलाई पनि विशेष धन्यवाद दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top