ट्रेण्डिङ

होमपेज / समाज

ब्लड क्यान्सर पिडित पुनद्धारा सहयोग गर्न सबैलाई आग्रह

  इन्द्र बुढाथोकी २०७७ असार ९ गते मंगलबार ११:४९:२८ मा प्रकाशित

इन्द्र बुढाथोकी असार ९, सल्यान 
सल्यान बनगाड कुपिण्डे नगरपालिका वडा न ३ मेल्टाकुरा निवासी  १६ वर्षकी ब्लड क्यान्सर पिडित  निकिता पुनले आर्थिक सहयोगमा सबैमा अपिल गरेकी छन् ।   ब्लड क्यान्सर पीडित पुनको अहिले काठमाडौ शिभिल हस्पिटल उपचार भैरहेको छ । उनको आर्थिक अवस्था कमजोर भएकोले उपचार गर्न समस्या भएको बुवा ठगे पुनले बताए । उनले भने लकडाउनको समयमा एक्कासि छोरी विरामी भएर अहिले उपचार गर्ने खर्च छैन । छोरीलार्इ बचाउन आर्थिक अभावले गर्दा गाह्रो भएको छ । 
निकिताको बुवाले पहिले उपचारको क्रममा पाँच लाख खर्च भइसकेको र फेरी फिजियो थेरापी, रेडियो थेरापी र क्युमो थेरापी लगायतको उपचारमा पाँच लाख रुपैयाँ खर्च लाग्ने बताए। उनले सबै सम्पत्ती छोरीको उपचारमा खर्च भइसकेको भन्दै छोरीलाई बचाई दिन आग्रह गरे । उनले छोरीको उपचारका लागि सबैलाई सहयोगको अपिल पनि गरेका छन् । 
निकिता प्रभाकर मावी देवस्थलमा कक्षा १० मा अध्ययनरत छन् । घरको आर्थिक अवस्था कमजोर भएकाले सबैमा आर्थिक सहयोगको लागि अनुरोध गर्दछु भने सहयोग गर्न चाहाने जो सु कैले पनि आफ्नो लक्ष्मी बैक सल्लीवजारमा रहेको खाता न  ठगे पुन ०६९२०००४४६३ र आफ्नो सम्पर्क मोबाइल न 9849769850 सहयोग गर्न अपिल गरेका छन् ।  ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top