ट्रेण्डिङ

होमपेज / समाज

चौरजहारी अस्पतालबाट सल्यानका ९ कोरोना संक्रमित उपचार पछि डिस्चार्ज

भाइरस लाग्दैमा आत्तिनु पर्दैन

  इन्द्र बुढाथोकी २०७७ असार ८ गते सोमबार १६:३०:०५ मा प्रकाशित

इन्द्र बुढाथोकी  असार ८, सल्यान 
रुकुम पश्चिमको चौरजहारी मिसन अस्पतालबाट सल्यानका नौ जना डिस्चार्ज भएका छन् । बनगाड कुपिण्डे नगरपालिकाका नौ जना कोरोना संक्रमण निको भएपछि डिस्चार्ज भएका हुन । 

मिसन अस्पताल चौरजहारीमा उपचारत ११ जनामध्ये नौ जना सोमबार डिस्चार्ज भएको मिसन अस्पताल चौरजहारीले जनाएको छ ।  उपचार पछि फर्किने समय पुरुष रहेका छन् । भन्डै २० दिन अघि कोरोना पुष्टि भएपछि अस्पताल ल्याइएका उनीहरुको पहिलो र दोस्रो चरणको परीक्षणमा नेगेटिभ आएको अस्पतालका मेडिकल डाइरेक्टर कालेव बुढाले बताए । 

कोरोना जितेर स्वस्थ्य भई घर फर्केनमा बनगाड कुपिण्डे नगरपालिका वडा न ३ का २६ र  ३० वर्षीय पुरुष वडा न ४ का २०, २१, २५, २७, २८ र ३० वर्षका पुरुष रहेका छन् । यस्तै वडा न ५ का २२ वर्षीय पुरुष कोरोनो निको भएर घर फर्किएका छन् । 

सोमबार ९ जना डिस्चार्ज भएसँगै सल्यानमा डिस्चार्ज हुनेको संख्या ६६ पुगेको छ । प्रदेश अस्पताल सुर्खेतबाट १३ जना, सल्यान अस्पतालबाट ५ जना र आइसोलेसन कक्षा लुहापिङबाट ३९ जना डिस्चार्ज भइ सकेका छन् ।  सल्यानमा १ सय ६८ जना कोरोना संक्रमित रहेका छन् । 

भाइरस लाग्दैमा आत्तिनु पर्दैन 

कोरोना भाइरस लाग्दैमा आत्तिनु पर्ने अवस्था नरहेको र आत्मबल बलिय खण्डमा कोरोनालाई जित्न सकिने वडा न ३ का २६ वर्षीय भोला पुनले बताए । 
आत्मबल बलियो बनाएकै कारण कोरोनालाई जित्न सकेको उनको भनाई छ । आफुलाई कोरोनाको कुनै पनि लक्षिण नदेखिएको र भाइरस लागेको अनुभव पनि नभएको उनले बताए । गत जेठ १० गते भारतको गुजरातबाट आएका उनीहरुमा जेठ २८ गते गरिएको स्वाब परीक्षणमा पोजेटिभ रिर्पोट आएको थियो । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top