ट्रेण्डिङ

होमपेज / समाज

शारदा नगरको नीति तथा कार्यक्रमः स्वास्थ्य, कृषि र रोजगारी पहिलो प्राथमिकता

  सरिता चलाउने २०७७ असार ५ गते शुक्रबार १४:४६:२७ मा प्रकाशित

सरिता चलाउने असार ५,सल्यान 
सल्यानको शारदा नगरपालिकाले स्वास्थ्य, कृषि रोजगारीलाई  प्राथमिकतामा राखेर आगामी आर्थिक वर्ष २०७७/०७८को नीति तथा कार्यक्रम ल्याउने भएको छ ।

महामारीको चपेटमा परेको बेला स्वास्थ्य, कृषि, शिक्षा क्षेत्रमा सबभन्दा बढी बजेट विनियोजन गरी रोजगारी सिर्जनामा केन्द्रित  हुनने गरी नीति तथा कार्यक्रम ल्याउने तयारी भइरहेको नगरपालिकाले जनाएको छ । 

शुक्रबार पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मेयर सुरेश अधिकारीले रोग र भोकसँग लड्न नगरपालिकाले शोही अनुसारको नीति तथा कार्यक्रम ल्याउने बताए । उनले भने विश्वभर फैलिएको कोरोना भाइरस लगायत अन्य महामारीका विरुद्ध लड्न स्वास्थ्य व्यवस्थापनलाई पहिलो प्राथमिकता राखेर कार्यक्रम बनाउदै छौं । 

भाइरसका कारण विदेशबाट सयौंको संख्यामा नगरबासी आएकाले उत्पादनमा जोड दिन जनसहभागिता जुटाएर आयमुलक कार्यक्रम  सञ्चालन गरिने बताए । उनले भने कोरोनाले एउटा अवसर पनि दिएको छ सयौं युवाहरुलाई कृषि लगायतका आयआर्जन मुलक कार्यमा लगाउन सकिएमा बेरोजगारी र विदेसिने युवाहरुको संख्यामा पनि कमी आउछ । 

कोरोना भाइरसको संक्रमण फैलिन नदिन नगरपालिका लागि परेको बताउदै स्वास्थ्य शाखाका रविन विष्टले हालसम्म नगरपालिकाका विभिन्न स्थानमा १२ क्वारेनटाइन निमार्ण गरिएको बताए । नगरबासीको स्वास्थ्यमा निकै सजक रहेको बताउदै विष्टले नगरका सबै स्वास्थ्यलाई हाइअलटमा राखिएको बताए । 

 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top